एजेन्सी
२०८२ पौष २० गते , आईतबार
अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । २७ वर्षदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका यी दुई देशबीच अन्ततः युद्धको अवस्था मात्र आएन, अमेरिकाले अर्को देशका राष्ट्रपतिलाई नै पक्राउ गरेर आफ्नो कब्जामा लिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामा ठूलो स्तरको सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको पुष्टि गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र‘थ सोसलमा पोस्ट गर्दै अमेरिकी कानुन कार्यान्वयन निकायसँगको सहकार्यमा कारबाही सम्पन्न गरिएको बताएका छन् । ट्रम्पले पक्राउ गरी देशबाहिर लगिएको दाबी गरे पनि मादुरो र उनकी पत्नीलाई कहाँ राखिएको छ भनेर खुलाएका छैनन् ।
बीबीसीका अनुसार मदुरोको पक्राउ अमेरिकी सेनाको डेल्टा फोर्स–आतंकवादविरुद्धको शीर्ष इकाईले गरेको हो । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानी उद्धृत गर्दै मादुरोलाई अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन् ।
‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ । उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्,’ बोन्डीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छन् । स्थानीय समयअनुसार करिब साढे २ बजेपछि भेनेजुएलाको राजधानी कराकासमा तीन ठूला विस्फोटका आवाज सुनिएको र सहरमाथि धुवाँको मुस्लो देखिएको बताइएको छ । राजधानीको केन्द्रमा रहेको ला कार्लोटा सैन्य हवाई मैदान र भेनेजुएलाको प्रमुख सैन्य अड्डा फुएर्ते तिउना लक्षित आक्रमण भएका छन् ।
मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरू पनि प्रभावित भएको भेनेजुएला सरकारले जनाएको छ । आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सामाजिक सञ्जालमा विस्फोट र हेलिकोप्टर उडिरहेको भिडियोहरू देखिएका छन् । मानवीय क्षति’दयगत शनिबार रातिसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

0 comments:
Post a Comment