सिन्धुली जिल्लामा काठमाडौंबाट इलामतर्फ आउँदै गरेको टाटा सुमो गाडीबाट ठूलो परिमाणमा अमेरिकी डलर बरामद भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित प्रहरी चेकपोस्टमा गरिएको नियमित जाँचका क्रममा बा १६ च ८०४८ नम्बरको टाटा सुमोबाट ५७ हजार अमेरिकी डलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बरामद रकम नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब ८२ लाख रुपैयाँ बराबर हुन आउँछ।
प्रहरीले उक्त रकमसहित झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारलाई पक्राउ गरेको छ। गाडी चालकलाई समेत नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रकम कागजपत्रबिनै लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र रकमको स्रोत तथा प्रयोजन खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
यस क्षेत्रमा पछिल्लो समय सुरक्षा सतर्कता बढाइएको थियो। सोही क्रममा चेकजाँच कडा पार्दा उक्त रकम बरामद भएको प्रहरीले बताएको छ।

0 comments:
Post a Comment