२०८२ पौष १७ गते , विहीबार
खोटाङको हलेसी मन्दिर क्षेत्रबाट गैरकानुनी रुपमा बस्दै आएकी चिनिया नागरिक पक्राउ परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका वडानम्बर सात महादेवस्थानको हलेसी मन्दिर क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएकी जियायो जियायीन नाम बताउने चिनिया महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
हलेसीमा गैरकानुनी रुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनिया महिलालाई पुस १५ गते इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलालाई अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

0 comments:
Post a Comment