कराँचीको एउटा प्लाजामा भीषण आगलागी, पाँच जनाको मृत्यु

२०८२ माघ ४ गते , आईतबार


कराँची । पाकिस्तानस्थित कराँचीको एउटा प्लाजामा आगलागी हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो घटनामा २० जना घाइते भएका छन् ।  घटना कराँचीको सदर क्षेत्रमा शनिबार भएको हो । 
सदरमा ८ हजार वर्ग गजको भवनमा भयानक आगलागी भएको र यसलाई निभाउन एकदेखि दुई दिन लाग्न सक्ने आइतबार कराँची उद्धार सेवाका प्रवक्ता हसन खानले बीबीसी उर्दूलाई बताएका छन् ।
घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले आगो नियन्त्रण गर्न २० भन्दा बढी दमकल र पानी ट्याङ्करहरू घटनास्थलमा पुगेको बताए । गुल प्लाजामा १ हजार २०० पसलहरू रहेको बताइएको छ ।
ती पसलमा प्लास्टिक फोम, कपडा, कार्पेट र अत्तर जस्ता ज्वलनशील पदार्थहरू समेत भएको बताइएको छ । प्रवक्ता खानका अनुसार भवन धेरै पुरानो थियो । आगलागीमा भत्किने जोखिममा भएकोले उद्धार कार्य अत्यन्त सावधानीपूर्वक भइरहेको पनि उनले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment