२०८२ फाल्गुन २७ गते , बुधबार
सुनसरीको धरान–८ मा गएराति अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगजनी भएको छ । अज्ञात समूहको आगजानीबाट तीनवटामा पूर्ण र तीनवटा बसमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको छ भने तीनवटा बसमा आंशिक क्षति पुगेको छ ।
प्रहरीका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथीभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।
को.१ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको बताइन्छ ।

0 comments:
Post a Comment