जेन्जी आन्दोलन पछि बिस्थापित इलामकाे दानाबारीमा सशस्त्र प्रहरी बेस क्याम्प पुनर्स्थापना

  • विमल दहाल

माई । माई नगरपालिका वडा नं. ४ मा दानाबारीमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प पुनः स्थापना गरिएको छ। गत भदौ २३ र २४ गरेको जेन्जी आन्दोलनका क्रममा विस्थापित भएको उक्त क्याम्प सोमबार औपचारिक रूपमा पुनर्स्थापना गरिएको हो।
गत फागुन-२१ गते निर्वाचनका लागि माई नगरपालिका क्षेत्रमा आएका सशस्त्र प्रहरीलाईनै जिम्मेवारी दिने गरि वेस क्याम्प पुनर्स्थापना गरिएको बताईएको छ। वेस क्याम्प पुनर्स्थापनामा सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख एसपी केशब राज प्याकुरेल माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, ३ नम्बर वडा अध्यक्ष देवकुमार तामाङ, माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, अधिकृत स्तर आठौँ लक्ष्मण भुर्तेल, नमुना सामुदायिक वनका अध्यक्ष केशब दहाल, रेडक्रस दानाबारी सभापति मित्र प्रसाद गौतम, समाजसेवी नारायण प्रसाद दुलाल, नविन अधिकारी, लक्ष्मण आले, सोम घिमिरे, लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो।
स्थानीयवासी तथा सरोकारवालाहरूको आग्रह र आवश्यक समन्वयपछि क्याम्प पुनः सञ्चालनमा ल्याइएको हो। समुदायको सहकार्यमा रहि सशस्त्र इनिस्पेक्टरको कमाण्डमा प्रहरी रहने समेत जानकारी दिएको छ। पुनर्स्थापनासँगै क्षेत्रको सुरक्षा अवस्था थप मजबुत हुने विश्वास गरिएको छ।
क्याम्प पुनः सञ्चालनमा आएपछि स्थानीयवासीहरूमा सुरक्षा अनुभूति बढेको छ। साथै, कुनै पनि आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी हुने अपेक्षा गरिएको छ। सम्बन्धित निकायका अनुसार अब उक्त क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा बनाइने र नागरिकको सुरक्षामा विशेष ध्यान दिइनेछ।
तत्कालीन माओवादी लडाकु रहेको माई-४ स्थित दानाबारी क्यानोन्मेन्टलाई सशस्त्र प्रहरी निरीक्षक एकनाथ श्रेष्ठको कमाण्डमा १६ जना प्रहरी रहने गरि वेस क्याम्प पुनर्स्थापना गरिएको छ। उक्त क्षेत्रलाई सशस्त्र प्रहरीका एसपीकै कमान्डमा सशस्त्र तालिम केन्द्र स्थापना गर्ने माई नगरपालिकाले माग गरेको छ । उक्त प्रस्तावलाई सकारात्मक लिदै चाडै उक्त स्थानमा सशस्त्र प्रहरी बल तालिम केन्द्र सञ्चालन ल्याईने एसपी प्याकुरेलले जानकारी दिनुभएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment