२०८२ चैत्र ८ गते , आईतबार
झापाको कनकाई नगरपालिका-२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ । फनपार्कभित्र शनिवार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
झडपमा परी घाइते हुनेहरूमा झापा गाउँपालिका-५ का १८ वर्षीय मानारुल आलम, सोही ठाउँका १८ वर्षीय अन्सारुल अलि, २० वर्षीय फिरोज अलि, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको टाउको सहितको शरीरको विभिन्न भागमा चोट लागेकोले बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोलीले बाह्रदशी गाउँपालिका- ४ का १९ वर्षीय साहिद खान, सोही ठाउँका १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ । प्रहरी घटनास्थल पुगेपछि स्थिति सामान्य बनेको थियो । दुवै समूह शनिवार ईद पर्वको अवसरमा घुमघाम गर्न हेप्पील्याण्ड फनपार्क पुगेका थिए ।

0 comments:
Post a Comment