झापाकाे हल्दीबारीमा आँपको रुख ढलेर किच्दा सुतिरहेकी किशोरीकाे मृत्यु



वर्षासँगै आएको हावाहुरीले झापाको हल्दीबारीमा आँपको रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
आज राति ९ बजेको समयमा हल्दीबारी गाउँपालिका–२ पाराखोपी निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी आफ्नै घरमा सुतिरहेकी  थिइन्। सोही समयमा आएको वर्षासहितको हावाहुरीले घर नजिक रहेको आँपको रुख ढलेर किच्दा घटनास्थलमै आरतीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हल्दीबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा टोलीसमेत उद्धारमा  खटिएको थियो । यता हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याउनुका साथै विद्युत् सेवा पनि अवरुद्ध बनेको छ । क्षतिको विवरण भने आउन बाकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment