यौनकर्मीको समस्या लिएर प्रदर्शनमा आयो चलचित्र ‘लालिमा’

२०८२ फाल्गुन ३० गते , शनिबार


चलचित्र ‘लालिमा’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र देशभरका सिनेमाघरमा आएको हो । प्रतिनिधिसभा चुनावपछि रिलिज हुनलागेको यो पहिलो चलचित्र हो । वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस चलचित्रमा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गरेकी छिन् । मिराज रोशनको निर्देशन रहेको चलचित्रमा जीवन भट्टराई, उषा रजक, शिशिर वाङ्देल, सुष्मा निरौला, घनश्याम जोशी र सविन कट्टेलको पनि अभिनय छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment