इलाम — इलामको सन्दकपुर गाउँपालिका–१ आलुबारी क्षेत्रमा जंगली चितुवाको आक्रमणबाट दुई जना स्थानीय घाइते भएका छन्।
आज बिहान करिब ११:०० बजे चितुवाले आक्रमण गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको टोलीले घटनास्थलमा पुगेर विवरण संकलन गरेको थियो।
आक्रमणबाट स्थानीय ४२ वर्षीय धनबहादुर राईको टाउको, निधार तथा गालामा चोट लागेको छ भने अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा छन्। त्यसैगरी ४० वर्षीय प्रेम राईको अनुहार, दुवै हात तथा आँखामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।
घटनापछि चितुवा नजिकैको जंगलमा लुकेर बसेको बताइएको छ। यस विषयमा डिभिजन वन कार्यालयलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीलाई सतर्क रहन र एक्लै जंगल तथा आसपास क्षेत्रमा नजान आग्रह गरिएको छ।

0 comments:
Post a Comment