तेश्रो इलाम गोल्डकप : घरेलु टिम रेडहर्स र पथरी–११ भिड्दै

  • नमीन ढकाल 

शनिबार, बैशाख ५ २०८३
इलाम : तेश्रो इलाम गोल्डकपको उद्धघाटन खेलमा घरेलु टिम रेडहर्स फुटबल क्लब र पथरी–११ मोरङ भिड्दैछन् । ठुलो टुडिखेलमा आजबाट सुरु हुने प्रतियोगितामा यी २ टोली पहिलो पटक भिड्न लागेको हुन् । इलामको मैदानमा मोरङ पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि पाहुना टोली कालेम्पोङको जर्जियन एफसी प्रतियोगितामा सहभागिता जनाउने तय भएपनि अप्रिल २३ देखि हुने पश्चिम बंगालको निर्वाचनका कारण सहभागिता नजनाउने भएको थियो ।
जर्जियन सहभागि नहुने भएपछि मोरङले अवसर पाएको हो । घरेलु टिम रेडहर्स यसअघिको दुवै संस्करणको सेमिफाइनलसम्म पुगेको थियो । पहिलो संस्करणमा न्युरोड टिम (एनआरटी) संग पराजित भएको थियो । दोश्रो संस्करणमा फाइनल पुग्न चर्च बोइज बाधक बनेको हो । पहिलो पटक सहभागिता जनाएको मोरङले गत बर्ष दोश्रो सतिसाले गोल्डकप जितेको थियो । गत चैत्रमा सम्पन्न ९ औ भरौल गोल्डकपमा झापा–११ र जर्जियन एफसीलाई हराएको मोरङले फाइनल खेल आरटीएफसी मलेसियासंग गुमाउन पुगेको थियो ।
रेडहर्सले गत बर्ष प्रथम निलसरी च्यालेन्ज कपमा आयोजक टिम युथ जोरसिमललाई हराउँदै उपाधि जितेको थियो । सेभेन ए साइड प्रतियोगिता प्रथम मैया कार्की स्मृति फुटबलमा तुर्केनी एफसी मेचीनगरलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment