रोङ, २ बैशाखः इलामको सिद्धिखोलामा निर्माणाधीन सिद्धि हाइड्रोपावर कम्पनी को विद्युत उत्पादन परीक्षण सफलतापूर्वक सम्पन्न भई राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जडान गरिएको छ।
कम्पनीका अनुसार आयोजनाबाट उत्पादित बिजुली इलामको लसुनेमा निर्माण गरिएको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको हो। सफल परीक्षण उत्पादनपछि औपचारिक रूपमा विद्युत प्रसारण सुरु गरिएको जनाएको छ।
इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका बीच बग्ने सिद्धिखोलामा निर्माण गरिएको यस जलविद्युत आयोजनाको उत्पादन क्षमता १० मेगावाट रहेको छ। आयोजना सिटिजन्स बैंक को एकल ऋण लगानीमा निर्माण भएको हो।
कम्पनीका प्रतिनिधि सरोज पौडेलका अनुसार रोङ–६ र सूर्योदय–५ को सिमानास्थित खरवनी पम्प क्षेत्रमा हेड ट्याङ्क निर्माण गरी करिब साढे तीन किलोमिटर लामो पाइपलाइनमार्फत तातोपानी क्षेत्रमा पावर हाउस निर्माण गरिएको छ। गत चैत १६ गते परीक्षण उत्पादन गरी लसुने सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जडान गरिएको उनले जानकारी दिए।
आयोजनाको लागत प्रतिमेगावाट करिब २१ करोड रुपैयाँ रहेको जनाइएको छ। २०८० असोजबाट निर्माण सुरु भएको आयोजना गत मंसिरमै सम्पन्न गर्ने तयारी भए पनि २०८० असोज १८ र १९ गतेको बाढी–पहिरोका कारण करिब ६ महिना ढिलाइ भएको थियो। सो प्राकृतिक विपत्तिबाट करिब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ।
स्थानीय स्तरमा ऊर्जा उत्पादन बढेसँगै इलाममा विद्युत आपूर्ति सुदृढ हुने अपेक्षा गरिएको छ।

0 comments:
Post a Comment