जेष्ठ ११, २०८३
झापा, । झापाका तीनवटा नगरपालिकाको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको “कनकाई–बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले अपेक्षित परिणाम दिन नसक्दा करोडौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।
कनकाई नगरपालिका–२ सुकेडाँगीस्थित कम्पनीमा हालसम्म करिब २५ करोड रुपैयाँ खर्च भइसके पनि उत्पादन प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा परियोजनाको औचित्यमाथि प्रश्न उठ्न थालेको हो ।
फोहोरलाई व्यवस्थापन गरेर बायोग्यास उत्पादन गर्ने तथा प्लाष्टिकजन्य फोहोरबाट पेवर्स (ब्लक) निर्माण गरी आम्दानी गर्ने उद्देश्यका साथ सुरु गरिएको परियोजनामा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले शेयर लगानी गरेका छन् । तर, सञ्चालनको सुरुवाती चरणमै प्राविधिक, व्यवस्थापकीय तथा वातावरणीय चुनौती देखिएपछि योजना अलपत्रजस्तै बनेको हो ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा समेत परियोजनामा गरिएको लगानी प्रक्रियामाथि प्रश्न उठाएको छ । महालेखाको प्रतिवेदनअनुसार कनकाई नगरपालिकाले मात्रै हालसम्म दुई करोड ८६ लाख ८३ हजार २०० रुपैयाँ लगानी गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले आन्तरिक कोषबाट ६० लाख र संघीय सशर्त अनुदानबाट पाँच लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ खर्च लेखेको उल्लेख छ ।
प्रतिवेदनमा विगत तीन वर्षदेखि गरिएको दुई करोड ४६ लाख ८३ हजार २०० रुपैयाँ शेयर लगानीलाई लगानी शीर्षकमा नराखी खर्च शीर्षकमा देखाइएको, लगानीको अभिलेख व्यवस्थित रूपमा नराखिएको तथा हालसम्म कुनै प्रतिफल प्राप्त नभएको उल्लेख गरिएको छ । महालेखाले प्रतिफल सुनिश्चित नगरी गरिएको लगानीको यकिन गर्न नगरपालिकालाई निर्देशनसमेत दिएको छ ।

0 comments:
Post a Comment