इलाम । माई नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज, सुरक्षित तथा आत्मनिर्भर बनाउन आवश्यक सहायक सामग्री मंगलबार वितरण गरेको छ।
नगरपालिकाको सामाज कल्याण शाखा अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका सेवाग्राहीलाई उनीहरूको आवश्यकता अनुसार ह्विलचेयर, बैसाखी, ट्राइसाइकल, वाकर, श्रवण सहायक उपकरण लगायतका सहायक सामग्री हस्तान्तरण गरिएको सामाजिक विकास शाखा प्रमुख सविना राईले जानकारी दिनुभयो।
कार्यक्रममा नगर प्रमुख खम्बा सिं लिम्बुले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापन, सामाजिक सहभागिता तथा अधिकार सुनिश्चित गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउँदै आवश्यकतामा आधारित कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिनुभयो।
सहायक सामग्री वितरण उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, २, ३ र ७ का वडाध्यक्षहरु क्रमश उर्द बहादुर राई, देव कुमार तामाङ, बुद्धी प्रसाद खनाल लगायतले साहायक सामाग्री वितरण गर्नु भएको थियो।
वितरण गरिएका सामग्रीहरूमा ह्विल चियर १२ थान, साधारण लौरो २० थान, श्रवण यन्त्र (हियरिङ एड) १७ थान, सेतो छडी (दृष्टिविहीनका लागि) ९ थान, वैशाखी ८ थान, ट्वाइलेट चियर ३ थान रहेका छन।
कार्यक्रम माई नगरपालिकाकी नगर उपप्रमुख हिमा भण्डारीको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बूको विशेष उपस्थितिमा सम्पन्न भएको हो। सहायक सामग्री प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक आवतजावत, शिक्षा, रोजगारी तथा सामाजिक गतिविधिमा सहभागी हुन सहज हुने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गरेका थिए।
माई नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा पहुँच अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ।

0 comments:
Post a Comment