असार १७, २०८३
इलाम, पूर्वी नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया क्षेत्रलाई धरासायी बनाउने उद्धेश्यले भारतले शुरु गरेको अवरोध हटाएको छ ।
हरेक वर्ष विभिन्न वहाना बनाएर भारतले नेपाली चियालाई अवरोध गर्दै यस क्षेत्रमा क्रियाशिल किसान, मजदुर तथा उद्योगीहरुलाई दुःख दिने गरेको छ । यस वर्ष पनि गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरी शुरु भएको छ ।
सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागू गरेसँगै पूर्वी नाका काँकरभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् । झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।
लामो समयको अन्योल चिर्दै व्यवसायीहरूले पनि अब चिया नरोकिनेमा विश्वस्त हुँदै नयाँ खेप पठाउन थालेका छन् । तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक एवम् चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठले प्रधानमन्त्री कार्यालयको निरन्तरको प्रयास र भारतीय पक्षबाट आएको सकारात्मक सन्देशपछि चिया पठाउन शुरु गरिएको बताए । चिया निकासीमा देखिएको यो गाँठो फुकाउन प्रधानमन्त्री कार्यालयबाटै विशेष चासो दिइएको थियो । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष हस्तक्षेपपछि नाका सहज भएको बताए ।
चिया निकासीमा देखिएका समस्या अध्ययन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित दुई साताभित्र प्रतिवेदन बुझाउन प्रधानमन्त्री सचिवालयले असार पहिलो साता एउटा अन्तर–निकाय समिति गठन गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवले सदस्य–सचिवको जिम्मेवारी पाएको उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, गृह, परराष्ट्र र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन् ।
यस्तै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिवलाई पनि समितिको सदस्यमा राखिएको छ । चिया निकासीको दीर्घकालीन समस्या पहिचान गर्न सरकारले गठन गरेको विशेष कार्यदलले पनि आफ्नो काम गरिरहेको वरिष्ठ उपाध्यक्ष गुप्ताले बताए ।
अहिले भारतले बिना कुनै सर्त निकासी पूर्णरूपमा खुला गरेको भने नभएको व्यवसायीहरू बताउँछन् । भारतीय पक्षले ‘¥यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था लागु गर्दै निकासीलाई बाटो दिएको हो । भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गरेसँगै अब नेपालबाट जाने २० प्रतिशत चियाको मात्रै नमुना परीक्षण (स्याम्पल टेस्ट) हुने भएको छ । जुन १६ मा भारतका वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई आधार मान्दै एफएसएसएआईले जुन २३ मा यससम्बन्धी नयाँ सर्कुलर जारी गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार भारतमा आन्तरिक खपतका लागि आयात हुने चिया (एचएसएन कोड ०९०२) मा अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ लागु हुनेछ । यसअन्तर्गत नेपालबाट जाने ५ वटा गाडी (खेप) मध्ये एउटालाई मात्र छड्के (¥यान्डम) जाँचका लागि रोकिने छ । गत १८ वैशाखदेखि भारतले नेपालबाट जाने प्रत्येक गाडी (शतप्रतिशत) चियाको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने नियम लगाएको थियो । उक्त झन्झटिलो नियमका कारण निकासी ठप्प हुँदा पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।
चिया निकासी रोकिँदा किसान र व्यवसायी गम्भीर मारमा परेपछि नेपाल सरकारले यो अवरोध हटाउन भारतसँग कूटनीतिक पहल अघि बढाएको थियो । पछिल्लो नयाँ व्यवस्था तिनै निरन्तरका कूटनीतिक प्रयासको परिणाम भएको बताइएको छ ।
पानीट्यांकी भन्सार नाकामा ल्याब नहुँदा चियाको नमुना परीक्षणका लागि कोलकाता नै पठाउनुपर्ने बाध्यता भने कायमै छ । विगतमा भारतीय भन्सारले चियालाई लामो समय होल्ड गर्ने र झन्झटिलो नियम लगाउने गरेका कारण व्यवसायीहरू अझै पनि पूर्णरूपमा ढुक्क भने भइसकेका छैनन् ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले हिजो सोमबार दुई गाडी चिया नेपालको भन्सार पार गरेर भारततर्फ गएको बताए । उनले भारतीय भन्सार (इन्डिया कस्टम) मा समस्या नभएको जानकारी दिए ।

0 comments:
Post a Comment