![]() |
| डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएको सीता एयरको जहाज । फोटो : पूर्ण सार्की/डोल्पा |
- डोल्पाको जुफाल एयरपोर्टमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितिरको दायाँ पांग्रा खुस्किएको छ ।
- नेपालगञ्जबाट १३ यात्रुसहित गएको जहाजमा ७ विदेशी र ६ नेपाली थिए, र सबै सकुशल छन् ।
- प्राविधिकहरूले अहिले धावनमार्गमै रहेको जहाजको जाँच गरिरहेका छन् ।
१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् ।
अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिल राज गिरीले आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको बताए ।
उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।

0 comments:
Post a Comment