- भोटेकोशी बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठको जीवित उद्धार भएपछि सुरुङबाहेक घरभित्र पनि मानिस फसेको हुनसक्ने देखिएको छ।
- भोटेकोशी बाढीपछि त्रिशूली ३ ए, अपर त्रिशूली १ र बेत्रावतीबाट हालसम्म चार जनाको जीवित उद्धार भएको छ।
- सुरुङको ट्रयापमा परेका र क्षति पुगेका घरमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
- २० भदौ, काठमाडौं । भोटेकोशीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युतको सुरुङ र बाढीले क्षति पुर्याएको घरबाटगरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ ।
हिजो शुक्रबार त्रिशूली ३ एबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो ।
सुरुङको ट्रयापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ । दिन लम्बिँदै जाँदा चिन्ता बढ्दै छ भए पनि हाल सम्म चार जानाको उद्धारले आशाको सञ्चार गरेको छ ।
भोटेकोशी बाढी प्रभावति क्षेत्रका सबै जलविद्युत आयोजनाहरूमा काम भइरहेको थियो ।त्यस मध्ये आधा भन्दा बढी आयोजनाको सुरङमा काम भइरहेको थियो ।
त्यसैले सुरङमा अझै धेरै मानिसहरू फसिरहेकाका छन् । तर उनीहरूको अवस्था पत्ता लगायउन सुरक्षाकर्मीहरू र प्राविधिकहरुले कोशिस गरिरहेका छन् । गृहमन्त्री सुधन गुरुङले पनि उद्धार टोलीले काम जारी राखेको जानकारी गराएका छन् ।
तर सुरुङको जटिलताका कारण धेरै स्थानमा उद्धारकर्ताहरू पुग्न सकेका छैनन् ।
सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिबार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य बाहिर आएको छ ।
आज बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठको जिवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।
बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ । यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ ।

0 comments:
Post a Comment