गोर्खाल्यान्ड माग्दै दिल्लीमा दार्जीलिङबासीको धर्ना

‘गार्खालीको सपना मेरो पनि सपना’ भनेका मोदीले ढाँटे

दार्जिलिङ  स्वायत्त गोर्खाल्याण्डको माग गर्दै नेपाली मुलका भारतीयहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा विहीबारदेखि धर्ना शुरु गरेका छन् । 
गोर्खाल्याण्ड जागरण पदयात्रामा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले स्वायत्त गोर्खाल्याण्डका पक्षमा दिल्ली धर्नामा व्यापक उपस्थिति र समर्थन मिलेको बताएका छन् ।   विहीबारको धर्नामा जनतरमन्तरमा हजाराँैको सहभागिता थियो । पदयात्रामा रहेका गुरुङ यात्राको ६२ औँ दिन रंगबुलको धोतरे चिया कमानमा यात्रालाई रोकेर मंसिर २७ गते दिल्ली पुगेका हुन् ।   
उनले धर्ना शुरु भएको दिनमै प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र बुझाएर गोर्खाल्याण्डको माग पुरा गर्न अनुरोध गरेका छन् ।  यात्रा स्थगित गरेर दिल्ली जानुअघि गुरुङले गोर्खाल्याण्डको मागलाई अझ सशक्तरुपमा उठान गर्न धर्नामा बसेको बताएका थिए ।  पदयात्रा शुरु भएपछि  गुरुङसहितको टोलीले भारतको केन्दिय सरकारको टोलीसँग वार्ता गरिसकेको छ । वार्तामा सरकारले सकारात्मक लक्षण नदेखाएपछि गुरुङ पदयात्रामा फर्केको कतिपयले टिप्पणी गरेका छन् ।  
धर्ना शनिबारसम्म चल्ने बताइएको छ । असोज १५ बाट गोर्खाल्याण्ड जनजागरण पदयात्र थालेका दार्जीलिङका नेपालीहरुले  भारतको इतिहासमै लामो ६२ दिनको पदयात्रा पुरा गरेका छन् ।  धर्नापछि धोतरे चिया वगानबाटनै यात्रा शुरु गर्ने गुरुङले बताए । गान्धिवादी आन्दोलन भन्न रुचाउने उनीहरुले उनकै जन्म दिन पारेर शुरु गरेकोे यात्रामा विमलले जनताका कुरा सुन्नेदेखि विकासका गतिविधि समेत सञ्चालन गरिरहेका छन् ।  
अभियान शुरु गरेकै दिन गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एव गोर्खा एडमिनिस्टेटीप टेरिटोरीय प्रमुख विमल गुरुङले उद्घोष गरेका थिए, ‘हाम्रो लडाई दार्जीलिङगसँग  होइन, दिल्लीसँग हो ।’ उनले डेढ करोड गोर्खाको आवाज दिल्ली पुर्‍याउने भन्दै यात्रालाई जारी राखेका छन् । चुनावताका ‘गार्खालीको सपना मेरो पनि सपना’ बताएर भोट मागेका मोदीले सत्तामा पुगेपछि वाचा विर्सेपछि जनमतसहितको आन्दोलन थालेको विमलको भनाइ छ ।  
भारत स्वतन्त्रताको पहिलो अध्यायदेखि नै गोर्खाहरुले गोर्खाल्याण्ड माग्दै आएका छन् । यसको सय वर्ष पुरानो इतिहास छ । विमललाई गोर्खाल्याण्डबाहेक अरुमा सम्झौता नगर्न पहाडबासीले दबाब दिइरहेका छन् । पछिल्लो विकल्प ‘जिटिए’ मा पुगेर रोकिएको आन्दोलन गोर्खाल्याण्ड नपाएसम्म नरोकिने विमलको भनाइ छ । 
यसअघिका आन्दोलन पनि कहिले छैटौँ अनुसूची, कहिले दार्जीलिङ गोर्खा पार्वतीय परिषद्को नाममा रोकिएको थियो । गुरुङले चार सय दिनमा नौ सय किलोमिटर यात्रा पुरा गर्ने अभियान जारी राखेका छन्  अन्नपुर्णबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment