विकल्प बिहिन नेपाली जनता

लामो समय देखी नेपाल विकल्प विहिन बनेको छ । नेपालमा अहिलेको परिस्थिति उत्पन्न हुनुमा नेपालका विकल्प सकिदै जानु हो । नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न मुलुक हो ।  नेपाली जनताले आँफैले शासन गरेको देशको रुपमा विश्वमा चिनिएको छ । वास्तवमा भन्ने हो भने नेपाल विश्वसामु चिनिनु र वास्तविक्ता भने फरक फरक कुरा हुन । नेपालमा शासन नेपाली जनताले चलाएका होइनन् । यहाँ त विदेशी एजेन्टहरुले चलाएको शासन छ अर्थात विदेशी दलालहरुले चलाएका छन् । नेपाल विशेष त भारतको इसारामा चल्दै आएको छ । भारत मात्र हैन यहाँ त युरोप र अमेरीकी देशहरुको पनि ठूलो प्रभाव रहेको छ । वास्तवमा भन्ने हो भने नेपाली जनताले हाम्रा प्रतिनिधि भनेर चुनेर पठाएका प्रायः जसो धेरै नेताहरु कुनै न कुनै देश र संस्थाका एजेन्ट हुन र उनीहरु नेपाल माथि दलाली गर्दैछन ।
नेपाली जनताले उनीहरुको यो खेलबाट दिक्क भएर कुनै अर्को विकल्प पनि  अहिले सम्म खोज्न सकेका छैनन् । विकल्पको खोजी गर्दा पनि कुनै नेपालीहरुको आफ्नो शक्ति बनाउँनु हो । यसको लागि केहि नेपाली लागि परे पनि तर यस्तो कुरा वुझेर नेताहरुले नयाँ चाल चले र नेपाली जनतालाई संगठित हुन दिएनन् । त्यसको रुप नै हो बावुरामको नयाँ शक्ति । केही नेपालीहरुले अव, नेताहरुले देश लुट्ने भए देश बचाउनु पर्छ भनेर संगठित हुने कोषिस गरिरहेको समयमा  नेपालका नेताहरुमा डर जाग्यो अव, हाम्रा दिन जाने भए हामीले गरेको फटाईको फल पाईने भयो । अव, हामीलाई नेपाली जनताले छोड्दैनन् । यस्तो अवस्थामा नेताहरुले एउटा नयाँ उपाय निकाली हाले सर्प पनि मर्ने लौरो पनि न भाँचिने । आखिरमा जनताहरुमा भ्रम बनाएर किन फेरी जनताको नेतृत्व आफ्नै मान्छेले नगर्ने त । नेकपा माओवादी परित्याग गरेर बावुराम भट्टराई लागे नयाँ शक्ति बनाउन । यसो गर्दा जुन नेताहरुको चरित्रबाट दिक्क भएका मानिस थिए त्यसको समुहमा पुगे बावुराम । जनताले वनाउन लागेको जनताको समुहलाई टुक्रियाइ दिए अव, जनता आँफै संगठित हुन नसक्ने वनाई दिए । किन कि आधा जनता त बावुरामको जालमा परी सकेका छन् । त्यसैले जनताको नयाँ संगठन वनाएर नेपाललाई गति दिने सपना पनि भता भुङ्ग वनाइदिए । फेरी संगठित हुन खोजे पनि नेपालका दलाल नेताहरुमा कयौँ विकल्प छन डा. बावुराम जस्ता । बावुराम त नेकपा एमाओवादीमा थिए । यस्ता बावुरामलाई जस्तो विश्वस गरेका नेताहरु नेपाली काँग्रेस, नेकपा एमाले भित्र पनि अझै एक दुई जना बाँकी नै छन अवको विकल्पमा उनीहरुलाई प्रयोग गर्न सक्छन । त्यसैले यो जनताको विकल्प पनि समाप्त भएको छ । नेपाललाई गति दिने र नेपालको विकास सोच्ने जनताहरुको लागि नयाँ संगठनमा संगठित भएर नयाँ नेपालको सपना देख्न पनि नेपाली जनतालाई गाह्रो परी रहेको छ । नेताहरुले जनतालई विकाश दिने होईन आफु कसरी अकुत सम्पत्ती कमाउने चिन्तनमा लागेका छन् त्यसैले विकासको वाटो वन्द भएको छ ।
देशको परिवर्तनको लागि अर्को नयाँ नभए पनि विकल्पको रुपमा रहेको र नेपाली जनताले विश्वास गरेर यसले चाँिह केही गर्छ भनेको आयोग हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले नेपालमा भ्रष्टचार गरेका व्यक्तिको छानविन गरेर कार्वाही गर्ने गर्दछ । नेपाली जनताले आश गरेका छन्, अख्तियारले विना भेदभावका साथ अनुसन्धान गर्नेछ र भ्रष्टचारीलाई कार्वाही गर्नेछ । यदि अख्तियारले अनुसन्धान गरेर कार्वाही गर्ने हो भने नेपालमा राजनीति गर्दै आएका ९५ प्रतिशत नेताहरु कार्वाहीमा पर्नेछन र नेपालबाट यी सवै दलाल नेताहरुको अन्त्य हुन्छ, नेपालमा विकासले गति लिन्छ । तर अव, त्यो अवस्था पनि रहेन । नेपालको अख्तियारले नेताहरुको सम्पत्ती विवरणको अनुसन्धान गर्दैन । नेताहरुले अख्तियरलाई पनि आफ्नो पक्षमा परिसकेका छन् । अख्तियारले अव नेताहरुलाई केहि गर्ने वला छैन । जनताको भरोसा पनि केहि समय पछि अख्तियारबाट हट्ने छ । अख्तियारका कर्मचारीहरु पनि अव, राजनीतिको फोहोरी खेलबाट अछुतो रहेका छैनन् । नेपाली जनताले एउटा निष्पक्ष आयोगको रुपमा हेरेको अख्तियारलाई राजनीतिक न्युक्तीले घेरी सकेको छ यस्तोमा अव, आफ्नै अन्नदाता विरुद्ध कोही पनि जान सक्दैन । जनताको आश अख्तियार पनि अव, आश गर्न लायकको नरहेको देखीर्दैछ ।
अवको विकल्प के त ? अर्को आयोग वनाउने त ? त्यो पनि त सम्भव छैन । नयाँ संविधान आयो । अव जनताले नयाँ कानुन पाउँछन देशमा भ्रष्टचार, कालोबजारी हट्छ भनेर के आश गर्नु कानुन बनाउने ठाउँमा पुगेका मानिसनै भ्रष्टचार र कालोबजारीमा संलग्न छन् । उनीहरुले आफ्नो खुट्टामा वञ्चरो हान्ने काम कदापी गर्ने छैनन् । यसरी यो हाम्रो देश विकल्प विनाको देश वन्दै गएको छ । देशमा विकास छैन । देशवासीहरु झनझन अभावमा बाँचीरहेका छन् । देशलाई विदेशीहरुले आफ्नो इशारामा नचाएका छन् । नेताहरु सत्तामा रहिरन जनतामा खोक्रो राष्ट्रियताको नारा लगाएर विदेशीको गुलामी गरिरहेका छन् । नेपाली जनतालाई झुक्यिाएर नेताहरुले देशलाई खोक्रो पारीसकेका छन् । गरिवी, बेरोजगारी, अशिक्षाको खाल्डोमा जनतालाई धकेलेर नेताहरु आफु धनी र आफ्ना छोरा छोरीलाई शिक्षित वनाउँछन । त्यसको जलन्त उदहारण माओवादी युद्धकालमा जनताका छोराछोरीलाई बन्दुक बोकाएर आफ्ना छोरा छोरीलाई उच्च शिक्षा दिएका छन् । 
नेपालको विकासमा सहयोग साथै विकशित नेपालको सपना देख्न र नेपालका नेताहरुको  राजनीतिक फोहोरी खेलबाट  छुट्कारा पाउनको लागि अर्को विकल्पको रुपमा धेरैले देखेको विकल्प हो नेपालमा सैनिक शासन लगाहुनु । के यो विकल्प उपयुक्त छ त ? धेरैलाई लाग्छ यो उपयुक्त छ । यसले नेपाली नेताहरुको वुद्धि आउँछ देशको विकास हुन्छ । कोहिलाई लाग्छ नेपालमा सैनिक शासन लागु हुनुहुर्दैन किन की यो निरंकुश हुन्छ । नेपालीको अहिले सम्मको गतिविधि हेर्दा त नेपालमा शैनिक शासन लागु गरेर जनता मात्र हैन सवै नेतालई पेलेर देश विकासमा अघि वढ्नु पर्छ । 
नेपालमा सैनिक शासन लागु हुँदा नेपालका समस्याको सामधान हुन्छ त ? सायद हुन्छ होला यदि सैनिक शासन लागु गर्न सकेमा यो देशको विकास र नीति नियामहरु पनि लागु हुन्छन होला  तर नेपालको सेना यसको लागि तयार छ त ? तपाई हामीले नेपाली सेनाको निमार्ण संरचना हेरेका छौँ ? हामीले अहिले सम्म यसमा विचार गरेका छैनौँ । नेपाली सेना पनि त्यति सवल छैन नेपालमा सैनिक शासन लागु गरेर नेपालमा शान्ति र शु–व्यवस्था कायम गर्न र नेपाली सेनाले पनि नेपालमा सैनिक शासन चहादैन । किन भने चाहाने भए पहिला नै नेपालमा सेनाले ‘कु’ गरेर सैनिक शासन नेपालमा लागु गरिसकेको अवस्था हुने थियो । नेताहरुले नेपाली सेनालई पनि राजनीतिको फोहोरी खेलको पकटमा पारी सकेका छन । नेपाली सेनामा पनि नेताहरुको सिफारीसमा अफिसरहरुको नियुक्ति हुने परिपाटी वसी सकेको छ । नेताहरुले सेनालाई पनि आफ्नो अनुकुल काम लगाउने खाल्को बनाई सकेका छन् । नेपाली सेनाले चाएको थियो भने नेपालमा पूर्व राजा ज्ञानेन्द्रले सत्ता ‘कु’ गरेको समयमा नै सेनाले आफ्नो शक्ति प्रदर्शन गर्ने थियो । यस्ता अवसर धेरे पल्ट आए तर नेपाली सेनाले केहि गर्न सकेन र गरेन । जव नेपाली सेनामा माओवादी लडाकुको संयोजन भयो त्यस पछाडि नेपाली सेना झन झन कम्जोर हुँदै गयो । नेपाली सेनामा नेताहरुको पकड वढ्दै गयो । सेनाले चाहेर पनि सत्ता कव्जा गर्न नसक्ने अवस्थामा पुग्यो । नेपाली राजनीतिले नेपाली सेनालाई पनि छोडेन । अव, जनताले कस्को आश गर्ने ? नेपाली जनताहरु अहिले विकल्प विहिन बनेका छन् । लाहाचार भएर नेताहरुको घिनलाग्दो खेल टुलुटुलु हेरेर बस्नु बाहेकको अर्को विकल्प छैन । जो सुकै सत्तामा पुगे पनि आ–आफ्नो दुनो मात्र सोझो बनाउँने हुन् । नेपालका कुन नेता गरिव छन् ? नेपाल मात्र गरिव छ ।  यसरी अहिले नेपाली जनता विकल्प विहीन बनेका छन् ।
binayatimsina@gmail.com
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment