आज साफको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्‍दै


तस्विरः गोल नेपाल डटकम
इलाम, दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतको केरलामा सुरु हुँदैछ। 
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । डेढ महिनादेखि तयारीमा रहेको नेपाली टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल र तीन दिन थप तयारी गरेर सोमबार भारत पुगेको हो।
बंगलादेशसँगको मैत्री खेलमा १–० गोलले पराजित भएको नेपाल साफ च्याम्पियनसिपमा भने सुखद सुरुआत गर्ने तयारीमा छ । नेपाली टोलीका प्रशिक्षक प्याट्रिक एजम्सले बंगलादेशसँग सानो गोलअन्तको हार भए पनि आफूले खेलाडीको प्रदर्शनलाई कम नआँकेको बताए। बंगलादेशमा हामीले आफ्नो कमजोरी थाहा पायौं। त्यो अनुभवले श्रीलंकालाई हराउने लक्ष्य हो। श्रीलंकासँग उत्कृष्ट फुटबल खेल्न नेपाली खेलाडी तयार छन्, एजम्सले भने।नेपाली टोली सोमबार राति केरला पुग्दा होटेलको समस्या परेको थियो। 
श्रीलंकाका प्रशिक्षकले पनि नेपाल बलियो टोली भएकोले सोहीअनुसार खेल्ने प्रतिक्रिया दिएका छन्। नेपाल र श्रीलंकाबीच यसअघिका भिडन्तमा नेपाल बलियो देखिएको छ। सन् १९९४ देखि श्रीलंकासँग अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएको नेपाल र श्रीलंकाबीच हालसम्म १५ वटा भिडन्त भएका छन्।  
नेपालले पाँच जित, आठ बराबर र दुई हारको नजिता निकालेको थियो । फिफा वरीयतामा समेत नेपाल श्रीलंकाभन्दा माथि छ। वरीयतामा नेपाल एक सय ९२ औं स्थानमा छ भने श्रीलंका एक सय ९४ औं स्थानमा।  
नेपाल र श्रीलंकाबीच पछिल्लो पटक सन् २०११ को एएफसी च्यालेन्ज कपमा भिडन्त भएको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पछिल्लो समय नेपाली फुटबल र खेलाडीमा समेत आमूल परिवर्तन भएको छ।  यसअघिका कप्तान सागर थापा र सन्दीप राईसहित पाँच खेलाडी अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेका कारण अहिले एएफसीको आजीवन प्रतिबन्धको कारबाहीमा परेका छन्। अनिल गुरुङको नयाँ कप्तानीमा रहेका नेपाली टोलीका अधिकांश खेलाडी युवा छन्। पछिल्लो समय श्रीलंकाको प्रर्दशन बलियो बन्दै गएको छ । श्रीलंकासँगको पहिलो खेलमा स्पस्ट जित हात पार्न सके तीन टोलीमात्र रहेको समूह ‘ए’ बाट नेपाल सजिलै सेमिफाइनलमा पुग्नेछ।

पाकिस्तानले नखेल्ने निर्णय गरेपछि समूह ुएु मा नेपाल, श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो। समूहको दोस्रो खेलमा नेपालले डिसेम्बर २७ तारिखमा आयोजक भारतको सामना गर्नेछ। 

जनवरी ३ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपको समूह ुबीुबाट भने बंगलादेश, माल्दिभ्स, साबिक विजेता अफगानिस्तान र भुटानले प्रतिस्पर्धा गर्नेछन्।समूहका शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

साफ च्याम्पियनसिपमा सेमिफाइनल माथि जान नसकेको नेपाली टोली यसअघिका दुवै संस्करणमा सेमिफाइनलमा पुगेको थियो। घरेलु मैदानमै भएको अघिल्लो संस्करणको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

अघिल्लो संस्करणमै भारतलाई २–१ गोलले पराजित गरेयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छैन। नेपाल पछिल्ला १० खेलमा लगातार पराजित हुँदै आएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment