इलाम, साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराव सुरुवात गरेको छ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको हो ।
नेपालले खेलको अन्तिम मिनेटमा गोल खाएको थियो । श्रीलंकको जितका लागि ९० औं मिनेटमा रिफान्सले गोल गरेका थिए । हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर भएको छ । नेपालको अर्को खेल भारतसँग छ । यदि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपालले भारतलाई हराउनुपर्छ, जुन सहज छैन ।
0 comments:
Post a Comment