गोदक, १ असारः ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस अवसरमा बुधबार गोदक गाविसमा रहेको माईभगवती बृद्धाश्रमलाई इलाम सेवा समाज दोहा कतारले पचास हजार रुपैंयाँ नगद सहयोग गरेको छ । गोदक गाविसको माईखोला स्थित माईभगवती बृद्धाश्रममा भएको एक कार्यक्रममा समाजका सदस्य सुदिप जोशी र मनकुमार बिकले उक्त नगद आश्रमकी अध्यक्ष विष्णु दहाललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा समाजका सदस्य जोशीले कतारमा समस्यामा परेका इलामेलाई सहयोग गर्दै आएको साथै इलाममा पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी गराए । उनले आगामी दिनमा समाजले इलाममा अनाथहरुका लागि विद्यालय स्थापना गर्ने सोच बनाएको पनि बताए । जोशीले आफुहरु मात्र लागेर केही नहुने, यस्ता सामाजिक काममा स्थानीय निकाय जिविसबाट पनि सहयोग हुनु पर्ने जरुरी औँल्याउँदै इलाममा भएका समस्याहरुमा सबै एक भएर सामाजिक भावनाको माध्यमबाट समाधान गर्न सक्ने बताउँदै कार्यक्रममा सरकारी निकायबाट कोही पनि उपस्थित नभएकोमा दुःख व्यक्त गरेका थिए ।
बृद्धाश्रम प्रवद्र्धन समितिका अध्यक्ष बिष्णु दहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव धर्म गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । स्मरण रहोस संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको जुन १५ तारिखमा विश्वभर यो दिवस मनाउन लागिएको हो । ज्येष्ठ नागरिकलाई बोलेर या नबोलेर गाली, घृणा, वेवास्ता र उपेक्षा गर्नेजस्ता कार्य अपराध भएको भन्दै उनीहरुलाई माया र ममता दिनुपर्नेमा जोड दिइएको छ । वि.सं. ०५१ सालमा गठित एमालेको नौ महिने सरकारले ज्येष्ठ नागरिकको सम्मानमा मासिक बृद्ध भत्ता दिने व्यवस्था गरेको थियो । वर्तमान सरकारले अहिले भत्ता बढाएर दुईहजार रुपैयाँ पुर्याएको छ
0 comments:
Post a Comment