विरामीलाई झापाबाट भारतको सिलिगुढी रेफर गर्ने डाक्टरहरु छानविनको दायरामा


झापा, ११ असारः  कमिसन लिएर बिरामीलाई झापाबाट भारतको सिलिगुढी रेफर गर्ने डाक्टरहरु छानविनको दायरामा तानिएका छन् भने सिलीगुढी पठाउनैका लागि भनेर खोलिएका केही अवैध क्लिनिकहरुलाई सरकारले बन्द गराएको छ । न्यूज २४ टेलिभिजनले यस बिषय प्रशारण भएसँगै सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा पनि यो विषयले प्रवेश पाएको थियो । र, यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छानविन गर्न निर्देशन दिएका थिए ।
त्यसलगतै भएको अनुगमनका क्रममा ४ वटा स्वास्थ्य संस्था बन्द गराई २ जनालाई पक्राउ गरेको छ । झापाको चन्द्रगढी र भद्रपुर क्षेत्रमा सञ्चालित एक क्लिनिक, २ वटा फार्मेसी र एउटा ल्यावलाई औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यलय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालयकोे संयुक्त अनुगमन टोलीले बन्द गराएको हो र अनुगमन नियमति रुपमा अगाडि बढिरहेको छ । 
अनुगमनका क्रममा हेल्थ होम क्लिनिक, भद्रपुर, सुभद्रा मेडिकल हल, भद्रपुर, मेची पब्लिक हेल्थ लेब्रोरेटरी, भद्रपुर, युनिक आयुवैदिक औषधि पसल, चन्द्रगढीलाई बन्द गराइएको छ । त्यस्तै एसएस मेडिसिन सेन्टर भद्रपुर, ॐ डेन्टल क्लिनिक चन्द्रगढी, बंजरग मेडिकल बिर्तामोड, शिवाकोटी मेडिकल बिर्तामोड, आमा—बा फार्मेसी बिर्तामोड, मेडिका फार्मेसी बिर्तामोड, शिवाकोटी मेडिकल हल बिर्तामोडमा अनुगमन गरेर सचेत गराई एक साता भित्र औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यलयमा उपस्थित हुन निर्देशन दिएको छ ।
भारत रेफर गर्न र कमिसन कुम्ल्याउन धेरै डक्टरहरु नै झापामा क्रियाशील रहेका छन् । चिकित्सा शास्त्र नै नपढेका व्यक्तिले विरामी जाँच्दा झापाकै स्वास्थ्य संस्थाहरु बद्नाम भइरहेका छन् । जस्को अनुगमन गरेर गलत धन्दा गरिरहेकाहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । न्युज २४ बाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment