करोडौ पर्ने चरेससहित तीन जना पक्राउ


इलाम, ७ असारः इलामको पशुपतिनगरबाट प्रहरीले सोमबार भारतीय नम्बरको एक टाटा सुमो गाडीबाट १८ किलो लागुऔषध सहित भारतिय र नेपाली नोट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । नेपाल–भारत बिचको सिमा क्षेत्र जिल्लाको पशुपतिनगर चार फाटकबाट भारतीय नम्वर प्लेट भएको डब्लुबि–७६–७४६६ नम्बरको टाटा सुमोबाट १८ किलो लागुऔषध चरेशसहित धादिङ सेर्तुङ गाविस वडा नम्बर २ बस्ने ३५ वर्षिय बुद्धिलाल तामाङ र रुपन्देही गजेडी गाविस वडा नम्बर ७ बस्ने होम बहादुर पुन तथा सुमो चालक भारतीय दार्जिलिङ सुकियापोखरी बस्ने मिलन भन्ने टाँसी शेर्पा परेका हुन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी सहायक निरीक्षक उज्वल खड्गीको कमाण्डमा खटिएको टोलीले नियमित सवारी चेकजाँच गर्नेक्रममा नेपालबाट भारततर्फ जाँदै गरेको उक्त टाटा सुमो गाडीलाई चेकजाँच गर्दा सो गाडी भित्र रहेको रातो रंगको सुट्केश र हरियो ह्याण्ड ब्यागबाट ९÷९ किलो प्लाष्टिकमा प्याक गरेको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय एक हजार दरका २० थान र ५०० दरका ५३ थान तथा नेपाली एक हजारको ७० थान नोटसमेत बरामद गरिएको पत्रकार सममेलनमा जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment