पाँचथर, १८ असारः थर्पुका नारायण कोईरालालाई १५ मन अलैँची बिक्री गर्न झण्डै एक वर्ष लाग्यो । गत वर्ष प्रतिमन (४० किलो) एक लाख १० हजार रुपैंयाँको भाउमा अलैँची बिक्री गरेका उनले यो वर्ष पनि राम्रो मूल्य कुर्दा कुर्दै नौ महिना बिताए ।
कोइरालाले चार पटक सम्म अलैँची बेच्ने जमर्को गरे । अन्तमा प्रतिमन ८२ हजार रुपैंयाँकै भाउमा अलैँची बेच्न बाध्य भए । त्यो पनि झापाको बिर्तामोड पु¥याएर बिक्री गर्नुप¥यो । बिर्तामोडका मुकेस मारवाडीलाई आफूले अलैँची बेचेको कोईराला बताउँछन् । “अलैँचीको मूल्य अस्थिरताले हामी हैरान छौँ,” कोईरालाले भने “मूल्यमा अस्थिरता भएको भन्दै व्यापारीले कृषकलाई राम्रो मूल्य दिदैनन् ।”
सिदिनका तेज बहादुर आङ्बोले पनि मुल्यको उतारचढावकै कारण अझैसम्म अलैँची गोदाममै राखेका छन् । फिदिम स्थित नेपाल स्टोरमा अलैँची गोदाम गरेको उनले बताए । “मूल्य बढ्यो भनेर सुन्ने बित्तिकै अलैँची बेच्न गयो, नपुगिकन फेरी घट्यो भन्ने सुनिन्छ,” आङ्बोले भने “मूल्यको चाकाचुलीले अझैसम्म अलैँची बेच्न सकेको छैन् ।”
हुनेखाने कृषकले बजारसम्म अलैँची पु¥याएर राम्रो मूल्य नपाउँदा गोदाममा राख्ने गरेका छन् । उनीहरु मूल्य कुरेरै भएपछि रामै्र दाममा अलैँची बेच्ने कोशिस गर्छन् । तर, विपन्न कृषकलाई घर खर्च जुटाउनै हम्मे हुन्छ । उनीहरुले बजार ल्याउने बित्तिकै अलैँची बेच्न बाध्य छन् । खर्च अभावमा उनीहरुले कम मूल्यमै भएपनि अलैँची बिक्री गर्छन् । जसका कारण कृषकहरु सँधै मारमा परेका छन् । “अस्थिर मूल्यले गर्दा व्यापारीले खेल्ने ठाँउ पाएका छन्,” कोईरालाले भने “मूल्य अस्थिरतालाई रोक्न राज्यले ध्यान दिनुपर्छ ।” अलैँचीको बजार मूल्य कम भएको बजार हल्ला भयो भने कृषकले घरमै अलैँची राख्छन् । कृषकहरुले अलैँची बिक्री गर्न नल्याएपछि बजारका व्यापारीले मूल्य बढेको हल्ला फिजाँउछन् । मूल्य बढेको हल्लाले कृषकहरु अलैँची बिक्री गर्न बजार ल्याउँछन् । व्यापारीकोमा अलैँची आउने क्रम बढेपछि व्यापारीले फेरी मूल्य घटेको भन्दै कृषकको हातमा कम मूल्य थमाईदिने गरेका छन् । जसको कारण कृषहरु सँधै ठगिने गरेका हुन् ।
कृषकलाई ठग्न व्यापारीले दुई चार ओटा बाहना बनाउने गर्छन् । अलैँची गुणस्तरहिन भएको, मूल्य अस्थिरताले फेरी मूल्य घटेको र ग्रेडिङ नगरेको माल भन्दै व्यापारीले कृषकलाई ठग्ने गरेका हुन् । “यो जात र ऊ जातको अलैँची भनेर पनि कृषकलाई ठग्ने गरिन्छ,” कोईरालाले भने ।
अलैँची व्यवसायी पाँचथरका अध्यक्ष नरेन्द्र अधिकारीका अनुसार यो वर्ष अलैँचीको मूल्यमा आएको अस्थिरताले व्यापारी पनि मारमा छन् । मूल्य अस्थिरताकै कारण व्यापारीले कृषकलाई राम्रो मूल्य दिन नसकेको व्यापारीको भनाई छ । अधिकारीको अनुसार यो वर्ष अस्वभाविक रुपले मूल्यमा उतारचढाव आयो । प्रतिमन ६८ हजार देखि एक लाख रुपैँयाँसम्म अलैँचीको कारोबार भएको छ । त्यस्तै प्रतिमन ८० हजार, ९० हजार रुपैँयाँमा कारोवार भयो । अहिले हाल ८४ प्रतिमन अलैँचीको कारोवार भईरहेको अधिकारीको भनाई छ । “अन्तराष्ट्रिय बजारको मागको आधारमा यहाँको अलैँचीको मूल्य निर्धारण हुन्छ,” अधिकारीले भने “अन्तराष्ट्रिय बजारमा अलैँचीको माग कम भएपछि मूल्य घट्ने हो ।” पाँचथरबाट कृषि उपजको निर्यातमा सबैभन्दा ठूलो हिस्सा ओगटेको अलैँची नै हो । तथ्यांक अनुसार जिल्लाबाट एक अर्ब भन्दा बढि मूल्यको अलैँची निर्यात हुन्छ । यहाँ उत्पादन भएको अलैँचीको बजार झापाको बिर्तामोड हो । बिर्तामोडका व्यापारिले भारतमा लगेर अलैँची बिक्री गर्छन् । भारतीय बजारमै नेपालमा उत्पादन भएको अलैँचीले कम मूल्य पाएकाले कृषकलाई राम्रो मूल्य दिन नसकिएको व्यापारीहरु बताउँछन् । नेपालमा उत्पादन भएको अलैँची तेस्रो मुलुकसम्म निर्यात गर्न नसक्दा मूल्य खस्केको चर्चा गरिन्छ । बिर्तामोडका अलैँची व्यापारीले प्रतिमन आठ हजार देखि १० हजार सम्म अलैँचीको मुल्य लुकाएकाले पनि मूल्यमा व्यापक उतारचढाव आउने गरेको पाँचथरका व्यापारीको भनाई छ । यता, पाँचथरका अलैँची व्यापारीले पनि कृषकहरुलाई त्यहि अनुपातमा मूल्य लुकाएर कृषकहरुबाट अलैँची खरिद गर्ने गरेकाले मूल्य अस्थिर हुने गरेको बताइन्छ । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेका अनुसार अलैँची व्यापारीहरुको अस्वस्थ प्रतिस्पर्धाकै कारण अलैँचीको मूल्यमा अस्थिरता आएको हो । व्यवसायी र किसानले अलैँचीको उत्पादन, उत्पादकत्व र गुणस्तरमा सम्झौता नगरे मूल्य स्थिर हुने काफ्लेको ठहर छ ।
0 comments:
Post a Comment