पाँचथर, १९ असारः बर्षात भए फिदिम फालोट सडकदेखि गाडीबाट यात्रा गरे गन्तव्यमा पुग्न अनिश्चित हुन्छ । सडक हिलो हुने र विच बाटोमा पर्ने खोलामा मोटरएबल पुल नहुँदा यात्रा अनिश्चित हुने गरेको हो । बर्षात यामका तीन महिना अनिश्चित यात्राबाट गन्तव्यमा पुग्न गाडी चढ्नुपर्छ ।
यो सडकभन्दा अर्को विकल्प नभएपछि यात्रुहरु मनभरी पीर लिएर यात्रा गर्न बाध्य छन् । त्यो भन्दा बढि पीडा सावारी चालकलाई हुन्छ । यात्रुलाई गन्तव्यमा पु¥याउन सकिदैनकी भन्ने चिन्ताले सवारी चालक पिरोलिन्छन् । आधा बाटोमा पर्ने मुवा खोलामा मोटरएबल पुल नहुँदा विगत छ बर्ष यताको बर्खा याममा चालक र यात्रुले मनभरी पीर लिएर यात्र गर्नु परेको हो ।
सदरकमुकाम फिदिम देखि ४२ किलोमिटर यात्रा गरे प्राङबुङ ३ मा पुगिन्छ । फिदिम फालोट सडक खण्डको यो एउटा मुख्य गन्तव्य स्थान हो । यहाँसम्म पुग्न पाँचथरमा बग्ने खोला मध्येको ठूलो खोला मुवा खोला पार गरेर जानुपर्छ । सडक शुरु भएको फिदिमदेखि ३५ किलोमिटरको दुरिमा रहेकोे मुवा खोलामा मोटरएबल पुल नहुँदा जोखिमपुर्ण यात्रा गर्नु परेको हो । सिदिन ७ याकु र प्राङबुङ ५ लुम्मादिनको विचमा बग्ने यो खोला सदाबहार पानी हुने खोला हो । सदाबहार बग्ने यो खोला पानी परे झन उर्लेर आउँछ । बर्खा यामको तीन महिनामा यसको बहाब जो कोहिले आंकलन गर्न सक्दैन । त्यसैले यो खोला पार गरेर वारपार गर्न मुस्किल छ । प्राङबुङका स्थानीय भरत खपाङ्गीका अनुसार यहि सडक हुँदै मुवा खोला पार गरेर प्राङबुङसम्म गाडी पुगेको छ बर्ष भयो । “खोलामा अहिलेसम्म पुल नबन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ,” उनले भने । बर्षात यामको तीन महिला यो सडकबाट गन्तव्यमा पुग्न सकस हुने गरेको चालकहरु बताउँछन् । आसार देखि भदौ महिनासम्म अनिश्चित यात्रा गर्नुपरेको सवारी चालकको गुनासो छ । “पानी प¥यो भने यात्रा नगरे हुन्छ,” चालक छवि नेम्बाङले भने “खोलामा बाढी आएको हुन्छ, तर्ने कुनै उपाय हुँदैन् ।” पानी परेर बाढि आईहाले यात्रुहरुलाई पर्खाएर गाडी तार्ने गरिएको छ । “यात्रुहरुको आपतकालीन काम भए जोखिम मोलेर भएपनि गाडी तार्ने गरिएको छ,” नेम्बाङले भने “यसो गर्दा निकै जोखिम मोल्नु परेको छ, गाडीभित्र पानी पस्छ, बगाउने सम्भावना उत्तिकै हुन्छ ।” पानीको बहाव आंकलन नगरि गाडी तार्न खोजे गाडीनै बगाने चालकहरको कथन छ । साना सवारी साधानहरु बोकेर तार्ने गरिएको छ । खोलामा अनुभव भएका स्थानीयहरुको सहयोगबाट मोटरसाईकलहरु बोकेर तार्ने गरिएको छ ।
मुवा खोला पाँचथरमा बग्ने ठूलो खोलामध्येको एक हो । सडक पुगेको बर्षौ सम्मपनि पुल बनाउने काममा विकाशे अड्डाहरुले ढिलासुस्ति गर्दा समस्या भएको स्थानीयको गुनासो छ । यो सडक हुँदै प्राङबुङसम्म दैनिक तीन ओटा साना यात्रुबाहक सवारी साधन जान्छन् । ठूलो पानी आएमा यात्रुहरु विच बाटोमै अलपत्र हुने गरेक छन् । जिल्ला विकास समितिका इञ्जिनियर प्रेम काफ्लेका अनुसार उक्त खोलामा तत्काल पुल बनाउने गरि सर्बे गरिएको छ । “पुलको साह्रै आवश्यक देखियो,” काफ्लेले भ ने “सर्वे गरिएको छ, चाँडै पुल बन्छ ।”
0 comments:
Post a Comment