मेची राजमार्ग अवद्ध, फिदिमका दुईवटा घर जोखिममा


पाँचथर, ११ साउन ः अविरल वर्षादको कारण सडकमा ढुंगा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम—राँके सडक खण्ड सोमबार राती देखि अवरुद्ध भएको छ । फिदिम २ स्थित साम्दिनमा सडक माथिबाट ढुंगा झरेपछि अवरुद्ध हुँदा दर्जनौ सवारी साधानहरु रोकिएका छन् । सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी लागि परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सडकमा रहेको ढुंगा लोडर चाहिने र लोडर आएर ढुंगा पन्छाउँदा मंगलबार दिनभर बाटो अवरुद्ध हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । त्यस्तै गरेर सरदमुकाम फिदिम १ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजंघा एकेडेमी उच्च मावि, तथा त्यहाँ रहेका दुई वटा घर जोखिममा परेका छन् ।
स्थानिय टेकनाथ बास्कोटाको सेफ्टी ट्याकी र शौचालय पहिरोले बगाएको छ । बास्कोटाको घर र जय नेम्बाङको घर पहिरोको उच्च जोखिममा रहेको स्थानियले बताएका छन् । जय नेम्बाङको घरमा डेरा गरी बस्ने सन्त कुमार थापाले पालेका २ वटा खसी पहिरोले पुर्दा मरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment