इलाम, २३ असारः केहि बर्ष यता इलाममा किवीखेतीको लहर चलेको छ । किवी खेती गर्ने किसानहरुको पनि सँख्या इलाममा दैनिक रुपमा बढ्दो छ । परम्परागत खेतीबालीलाई मासेर इलामका उत्तरी गाविसका किसानहरुले किवी रोप्न थालेका छन् । इलाम उद्योग बाणिज्य संघ इलामले त झनै एक एक उत्पादन कार्यक्रम अन्तरगत किवीलाई छनोट गरि कार्यक्रम सञ्चालन गरिहरेको छ । इलाम जिल्लामा ७० हेक्टर क्षेत्रफलमा किवीखेती शुरु गरिएको छ भने बार्षिक ३५ मेट्रिक टन किवी उत्पादन हुन्छ । उत्पादन भएको समयमा किबी जिल्ला बाहिर निर्यात हुन्छ । तर इलाममा बाहिर मुलुकबाट, त्यसमा पनि तेश्रो मुलुकबाट किवी निर्यात गरिन्छ भन्दा तपाई पत्याउनुहन्छ ? तर यो खबर सत्य हो । इलाम अग्र्यानिक क्याफेको मेनुमा नै किवी र किवीका विभिन्न भेराईटी उल्लेख छ । मेनुमा भएको आइटमलाई बर्षै भरि क्याफे सञ्चालकले ग्राहकको माग बमोजिम पु¥याउनुपर्ने हुन्छ । त्यै माग पुरा गर्न क्याफे सञ्चालक देउकुमार राई न्युजिल्याण्ड र इटालीका किवी भित्र्याउछन् । किवीका लागि उपयुक्त कोल्ड स्टोरेज हाउस नभएका कारण विदेशबाट किवी निर्यात गर्नुपरेको राईले बताए । उनले भने, ‘इलाममा भएको कोल्ड स्टोर आलु जस्ता चिजबस्तु राख्न मात्र लायक छ, किवी राख्न मिल्दैन, नमिलेपछि बर्र्षैभरि किवी सुरक्षित गर्न सकिदैन ।’ उत्तरी इलामका विभिन्न किवी उत्पादन हुने गाविसमा नै प्राकृतिक कोल्ड हाउसमा बरु ६ महिना सम्म आफुले किवी सञ्चय गरेको राईले बताए । राईले किवी प्रतिकलो ७ सय रुपैयाँ खरिद गरिरहेका छन् । न्युजिल्याण्ड र इटालीमा हाल किवी उत्पादन हुने सिजन हो । सो किवी फल टिपेको २० दिन भित्र नेपालको बजारमा आइपुग्ने इटालीको किवी उत्पादक कम्पनीले आफनो वेवसाईटमा उल्लेख गरेको छ । नेपालमा २०५९ सालदेखि शुरु भएको किवी खेती इलाममा २०६४ सालबाट शुरु गरिएको हो । इलामको ८०० मिटर देखि २९०० मिटर सम्मको उचाईमा हाल किवीखेती गर्न थालिएको छ भने उत्पादनको हिसाबले सुलुबुङ, माइमझुवा र साखेजुङमा व्यवसायिक किवीखेती गर्ने किसानको सँख्या दिनानुदिन बढ्दो छ । विश्वकै सबैभन्दा धेरै किवी उत्पादन गर्ने राष्ट्र इटाली हो । इटालीमा बार्षिक पाँचलाख दशजार टनसम्म किवी उत्पादन हुन्छ । इटालीपछि किवी निर्यातको हिसाबले न्युजिल्याण्डको नाम आउछ । किवीफ्रुटको नामाकरण नै न्युजिलयाण्डबाट भएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment