उचित मुल्य नपाएपछि किसान निरास

गोविन्द पौडेल

 जिर्मले १३ साउनः उचित मुल्य नपाएपछि ब्यवसायिक रुपमा काक्रा खेती गदै आएका जिर्मलेका किसानहरु निरास भएका छन् ।
अहिले अबिरल बर्षको कारण  झापाका बजारहरुमा डुबान भएको र यहाका सडकहरु समेत हिलाम्मे भएकोले सहजै बजारमा पु¥याउन नसकिएको कारण जिर्मले र आसपासमा उत्पादन गरिएको काक्रा ब्यपारीहरुले अति कम मुल्यमा खरिद गर्न थालेकोले किसानहरु मारमा परेका हुन् । 
कम मेहनत र थोरै,लगानीमा मनग्गै आम्दामी हुदै आएको काक्रा इलामको जिर्मले र कन्याम तगायतको स्थानमा अधिक खेती गरिदै आएको छ । परंपरागत रुपमा रहेको हरियो काक्रोलाइ किसानहरुले ब्यवस्थित रुपमा खेती गरेर ब्यवसायिकता दिदै आएका छन् ।
फाल्गुनमा नर्सरी गरेर चैत्रको पहिलो सातामा बिरुवा रोपेर असार को शुरुमा फल टिपेर  आम्दामी शुरु भइ असोजको दोश्रो सातासम्म टिपाइ हुने काँक्रा खेती अहिले उत्पादको मध्य समयमा रु १० प्रतिगोटा रहेकोले लगानी सम्म उठाउन नसकिने अवस्थामा रहेको छ ।  बिगत बर्षमा एकलाख सम्मको आम्दामी गर्ने गरेको भएपनि यसबर्ष लगानी समेत उठाउन गाहे भएको जिर्मले ४ का किसान रुद्र रीजालले बताए । गर्मी मौसममा तराइको बजारमा अत्याधिक मात्रामा माग हुने भएकोले राम्रो बजार भएको किसानहरुले ब्यवसायिक काक्रा खेती गर्दै आएका थिए । 
यहा उत्पादन हुने काक्रो किसानको घरबाटै ब्यपारीले खरिद गरि झापाको चारआली र बिर्तामोड सम्म लैजाने गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment