प्रवासमा भोगेको आफ्नो अनुभूतिः

नामः– सुरेन्द्र चोङबाङ
ठेगानाः– सोयाङ–३, इलाम
प्रवास बसाई अवधिः– २८ महिना ।
प्रवासमा सम्वद्ध संस्थाः– प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसिया ।
म विदेश पलायन हुन अगाडी घरगृहस्थीमा नै थिए । गाँउघरमा खेती किसानी मुख्य पेशा नै थियो । खेती किसानीबाट आजको युगमा परिवारको भविष्य उज्वल पार्न नसकिने भएको मेरो देखाईले परिवार र नानीहरुको निम्ति भएपनि केही वर्ष विदेश लागेर केही आर्थिक उन्नति गरौ भन्ने मनसायको साथ पारिवारिक छलफलको निचोडमा विदेशिने योजना बनाए ।
आफ्नो कल्पनाको संसारमा पुग्नुलाई पासपोर्ट बनाएर मैले ऐजेन्टलाई लागत राम्रो दिन तयार छु, तर कम्पनी राम्रो हुनुपर्छ भन्ने धारणाको साथ पासपोर्ट जिम्मा लगाए । ऐजेन्टले पनि सेवा सुविधा राम्रो भएको कम्पनी छनौट गरिदिने शर्तनामा राखेको थियो । ऐजेन्टलाई पासपोर्ट बुझाए पछि ऐजेन्टले आज भन्दै, भोलि भन्दै करिब एकवर्षमा भिषा प्रकृया पुरा गरिदियो । मेरो पनि विदेश जाने मनसाय निश्चित भएको हुँदा घरपरिवारमा सबै जनासँग बिदावारी लिएर आफ्नो प्यारो जन्मभूमिबाट बिदाईको हात हल्लाउदै काठमाडौं तर्फ प्रस्थान गरे ।
प्रवासको अनुभूतिः– म घरबाट हिडेपछि काठमाडौंमा ऐजेन्सीमा गए, ऐजेन्टले सम्पूर्ण प्रकृया पुरा गरेपछि म आफ्नो कर्मभूमि जाने दिन पनि आयो । मैले ऐजेन्टलाई कबोलित रकम एकलाख चालीस हजार रुपैंयाँ बुझाएर आफ्नो पासपोर्ट र भिषा पेपर लिएर काठमाडौंबाट कर्मथलो मलेसिया प्रस्थान गरे ।
मलेसियाको एयरपोर्टमा आईपूगे पछि मनमा एकप्रकारको सन्त्रास मनमा पैदा भयो किन कि मलेसिया एयरपोर्टमा हप्तौ देखि ऐजेन्ट पर्खेर बसेका, भोक प्यासले गाँजिएको कामदारहरु देख्दा मनै भक्कानिएर आउथ्यो । कतिजना त भोक प्यासको कारण शिथिल अवस्था पुग्न लागेकाहरु थिए ।
धेरै साथीहरुले काठमाडौंबाट ल्याएका खानेकुराहरु दिँदा त्यहाँ ऐजेन्ट पर्खेर बसेका साथीहरु खुशी हुन्थे । एयरपोर्ट भित्र पालेको रुपमा कार्यरत रेला प्रहरीहरु कतिलाई गालीगलौज गरिरहेका समेत भेटिन्थे । हामी नयाँ परिवेशमा पसेकाहरु भाषाको अज्ञानताको कारण पनि तिनीहरुको गालीगलौजलाई सहन बाध्य थियौ । मेरो ऐजेन्ट आएपछि मेरो पासपोर्टहरु लिएर कानूनी प्रकृया पुरा गरेपछि उसैसँग डोरिने ईसारालाई आत्माथ गरेर त्यो प्रतिक्षालयबाट गह्रौ मन बनाउदै कम्पनी तर्फ लागे ।
गाडी आफ्नै रफ्तारमा चलिरहेको थियो तर मेरो मनमा ति एयरपोर्टको प्रतिक्षालयमा रहेका आफ्नै पैसामा बन्दी बनेका साथीहरु बारे डुलिरहेको थियो । केही समयमा कम्पनी पुगिने तर अब काम कस्तो गर्नुपर्ने होला ? भन्ने मन भित्रको प्रश्नहरु रुमलिदै गर्दा कम्पनी पुगेको कुरा मलाई लिन आउनेले जानकारी दियो । आफ्नो लताकपडा सहितको झोलीतुम्बी बोकेर लिन आउने मान्छेको पछि लागे । कर्मथलो पुगेको दिन आराम गर्ने र भोलिपल्टबाट काममा नियुक्त हुनुपर्ने जानकारीका साथ होस्टल तर्फ लागियो । ऐजेन्टले भने अनुसार कै होस्टल सुविधा पाउदा आफैलाई भाग्यमानी ठाने । होस्टलमा साँझ पुराना कामदार साथीहरुसँग भलाकुसारी गरेर आराम गरियो । भोलिपल्ट कम्पनीका पुराना साथीहरुको साथ लागेर कम्पनी गईयो । काम पनि ऐजेन्टले भने अनुसार नै पाउदा दोस्रो पटक खुशी भए ।
आज भोलि भन्दै काम गर्दै गए तर ऐजेन्टले भने अनुसार ओटी र पब्लिक होलिडेमा काम भने नदिएको देख्दा एकपटक ऐजेन्टसँग रिस पनि उठ्यो । तर के गर्ने बाध्यताका जंजीरले बाँधिएको आभाष गर्दै आफ्नो आवेगलाई स्थिर गरेर काम गरिरहे । यो मलेसियामा काम गर्ने सिलसिलामा ईलामेलीहरुको साझा संस्था प्रवासी ईलामेली जनसम्पर्क मञ्चसँग सम्पर्कमा हुन पाए । वास्तवमा मलेसिया कस्तो रहेछ भन्ने भित्री कुराहरु त्यसै संस्थाबाट जान्ने र बुझ्ने अवसरहरु पाए । मैले पनि ईलामेली मञ्चको सदस्यता लिएर पिडीत बनेको साथीहरु माझ सह्रदयी बन्ने अवसर पाए त्यसको लागि ईलामेली मञ्चको दाजुभाईहरुलाई धन्यवाद दिनु चाहान्छु ।
मलेसियामा कठिन काम गरेर पाएको पारिश्रमिकलाई पनि सहज रुपले घर पठाउन लुटेराबाट जोगिनुपर्ने अवस्थाहरु पनि यस ठाँउमा देखियो । कतिपय स्थानका कामदारहरु लुटेराको आक्रमणमा परेर अंगभंग समेत भएका भेटिए । मलेसियाका कुनाकाप्चाबाट क्वालालाम्पुर आउने भाषा पनि त्यति बोल्न नजान्नेलाई ट्याक्सी चालकले समेत लुट्ने घटना सामान्य बनेको छन् । पैसा, मोबाईल लुटिए मात्रै पनि केही थिएन तर थोरै प्रतिकार गरियो भने कुटिनका साथ ज्यानै पनि जान सक्ने सम्भावना रहेको ठाउँ मलेसिया हो । फटाहाहरुको न कुनै जात छ, न कुनै धर्म । उनीहरुलाई लुट्न बाहेक अन्य कुनै कुरामा सरोकार नै छैन् । हाम्रो जस्तै विदेश आउनेको पनि जहान परिवार पाल्नु पर्छ भन्ने मन देखिदैन् । यहाँका बासिन्दाहरु हरेक जाती कै फटाहाहरु छन् तर अत्याधिक मात्रामा काला जातका (तामिल)हरु अलिक ज्यादा लुटेराहरु छन् । लुटेराहरु जस्तै तौर तरिका गरेर यस ठाउँका पुलिसले पनि विदेशी कामदारलाई पासपोर्टको बहानामा खुलेआम लुटपाट गरेको छ भन्दा फरक नपर्ला । कागजात चेक गर्ने बहानामा भाषा नआउने विदेशी कामदारलाई पक्रेर लाने धम्की दिन्छन्, साथमा भएको नगद र जिन्सी पनि लुट्ने गर्दछन् । 
भाषा जान्नेलाई पनि अनेकौ बहाना गर्छन तर डेग नचले अन्तिममा चिया पिउने पैसा लिएरै मात्र छोड्छन् । समष्टीमा भन्नुपर्दा हाल यो मलेसिया विदेशी कामदारहरुको लागि एकदमै असुरक्षित गन्तव्य बन्न थालेको छ । मलेसियामा सरकारी सेवा कर ९न्भ्त्० लागु भएपछि यहाँका कतिपय कम्पनीहरु आर्थिक मारमा परेर बन्द हुन थालेको छ । दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको छ तर आम्दानी भने घटेको अवस्था छ । मलेसियाको व्यापार व्यवसायमा मन्दी आएर पनि कम्पनी नचलेको कारण कामदारले ओटी पाएको छैनन् । ओटी नपाएको कारण बेसिक तलबमा लेबी र खाना खर्च काट्दा मुस्किलले पाँच सय रिंगेट बचाउन हम्मे परेको अवस्था छ । त्यसमा पनि मलेसियाको पैसाको विनिमय दर घटेर २६.५०मा आएको छ । हाल बाह्र घण्टा काम चल्ने सेक्यूरिटी गार्डहरुले मात्रै अलिक बढी पैसा बचाउदछन् । तर सेक्यूरिटी काम पनि त्यति सजिलो त कहाँ छ र ?
बाह्र घण्टा उभिदै सतर्कताका साथ काम गर्नुपर्ने कुरा सेक्यूरिटीमा कार्यरत साथीहरु भन्ने गर्छन् । मासिक रुपमा नौ सय रिंगेट बचाउन पाउनु अहोभाग्य ठान्दछन् । केही साथीहरुको मात्रै अलिक राम्रो सेवासुविधा छन् सेक्यूरिटी काम मा पनि । समष्टिमा भन्नुपर्दा हालको अवस्थामा हामी विदेशी कामदारको लागि मलेसिया सुरक्षित गन्तव्य होईन । हाल यहाँ कमाउन हैन, ज्यान जोगाएर स्वदेश फर्किने दिन पो गन्न थालेको छु । कतिखेर के हुन्छ थाहा नै हुदैन् । थोरै साथीहरुले सुरक्षित बसाई र राम्रो सेवासुविधा भोग गर्न पाउनु भएको छ । अधिकांश नेपालीहरुको दिनचर्या दुखद छ, घर फर्किन्छु भन्दा कम्पनीले जान दिदैन् । जान्छस भने भिषा लाउदा लागेको मेरो पैसा ४,००० रिंगेट तिर भन्छ त्यही भएर, करारवधि नपुगेको कारण बाध्यात्मक रुपले काम गर्न बाध्य छन् । केही साथीहरु पासपोर्ट छोडेर ऐजेन्टलाई आरएम पच्चिस सय रिंगेट बुझाएर घर फर्किनेहरुको पनि लर्को नै लागेका छन् । म पनि अब करारवधि सकेर जन्मभूमि फर्किने दिन पर्खेर बसेको छु ।
यो ठाँउमा कोही पनि ईलामेलीहरु नआओस भन्ने मेरो सुझाव राख्नु चाहन्छु । किनभने यहाँ जोखिमपूर्ण समयसँंग जुधेर आफ्नो खर्च कटाएर ५५० रिगेट बचाउनु भनेको नेपाली रुपैयाँ करिब ५०० रुपैयाँ दैनिक हाजिरा हुन आउछ यतिखेरको हिसाबले, यति पैसा कमाउन किन लाखौ लगानी गर्ने ? बरु नेपालमा नै यहाँ जतिकै मेहनत गरे त्यति कमाई गर्न सकिन्छ ।
वैदेशिक क्षेत्रमा आउन चाहनेहरुलाई मेरो सुझावः– सकभर नेपालमा केही सीप सिकौ अनि मात्र वैदेशिक रोजगार तिर लागौ । आफ्नो सीप अनुसारको काम खोजेर मात्रै गन्तव्य मुलुक लागौ । तर भुलेर पनि मलेसियामा नआउनुहोस् भन्ने आग्रह गर्दछु । विदेश हाम्रो रहर होईन, बाध्यता हो । तर बाध्यताहरुलाई वैकल्पिक बाटोबाट समाधान गर्ने प्रयत्न गरौ । सकिन्छ भने नेपालमा नै सामुहिक खेतीपाती गरौ । परदेशमा पुगेपछि सामाजिक संघ–संस्थामा आवद्ध बनौ । पिडामा परेका श्रमिक साथीहरुको पिडालाई घटाउन सहयोग गरौ । जय ईलामेली
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment