नेपाल विद्यार्थी सङघको महाधिवेशन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाल विद्यार्थी सङघको ११औँ महाधिवेशनको उदघाटन गर्दै ।
यता भृकुटीमण्डपमा महाधिवेशनको रस्साकस्सी चलिरहेको छ । उता, पार्टी कार्यलय सानेपामा भने आमरण अनसन । नेतृत्वहरु आफैले बनाएका विधि, विधान र पद्धतिविपरित चल्न थालेपश्चात खवरदारीका लागि अस्त्र तय भयो – अनसन । फर्जी प्रतिनिधिहरु ल्याएर नेता निकटकाहरुलाई जिताउने प्रपञ्चमा नेतृत्व जुटेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु आमरण अनसनमामार्पmत नेतृतत्वप्रति खवरदारी गरिरहेका छन् । विडम्वना १ पार्टी कार्यलयका सँघारमै अनसन बसेका भोलानाथ शर्मालाई नेतृत्वले भेट्नु त के, चियाएका पनि छैन ।
यिनी भोलानाथ शर्मा हुन् । अर्थात नेपाल विद्यार्थी संघका एक जुझारु सिपाही । वागेश्वरी वहूमुखी क्याम्पस बाँकेका सभापति यिनी विधिसम्मत तवरले महाधिवेशन सम्पन्न गर्नका लागि अग्रजहरुलाई खवरदारी गरिरहेका छन् । मौन खवरदरी । निष्ठावान वीपीका अनुयायीहरु परिवार पाल्न र गुटउपगुटको राजनीतिमार्फत पार्टीलाई उपयोग गरिरहेकोले विरोध गर्नु परेको यिनको गुनासो छ ।
हो, यी अनुहारहरुसँग गुहार मागिरहेका छन् नेपाल विद्यार्थी संघका एक हुल नेता–कार्यकर्ताहरु । वर्तमान नेतृत्वप्रति विश्वास खट्किएपछि अन्तिम अस्त्रका रुपमा आमरण अनसन नै तय भयो । सात पटकसम्म स्थगित महाधिवेशन आइतवार काठामाडौमा सुरु भएको छ । नेविसंघका यी सिपाहीहरु उत्साहित र सक्रिय हुनु पर्ने हो । तर कुण्ठा, आक्रोश र निराशाले व्याप्त यिनीहरु पार्टी कार्यलयमा अनसनरत एक सिपाहीको कुरुवा बन्नु परेको छ ।
नविसंघको विधानतः दुई हजारको हाराहारीमा प्रतिनिधि हुन्छन् । तर सीमित नेताहरुको श्वार्थका कारण तीन हजारभन्दा धेरै प्रतिनीधिहरु सहभागी गराएर संगठनलाई राजनीति गर्ने थलोको रुपमा उपयोग गरेको अनसनरत विद्यार्थीहरुको आरोप छ । आवधिक निर्वाचन आत्मसाथ गर्ने नेपाली कांग्रेसको भातृ संगठनको यो हविगतले लोकलाई समेत लाज भएको छ । वाटो देखाउनेलाई हिड्नेहरुले नै प्रश्न गर्नु पर्दा लोक त हास्ने नै भयो । विधि बसाले पछि बाँधिनु त सबैको कर्तब्य हो पनि ।
0 comments:
Post a Comment