इलामः इलामबाट भारतको सिलिगुडीको लागि छुटेको १ च २३६३ नं.को सुमो मोटर साईकललाई ओभरटेक गर्ने क्रममा इलामको गोदक १ सिलपुरमा दुर्घटनामा परेको हो । सुमोमा सवार आठ जाना यात्री मध्ये चार जाना घाईते भएका छन । घाइतेको जिल्ला अस्पताल इलाममा उपचार भई रहेको छ । घाइतेहरुमा झाप विर्तामोडका ३९ वर्षीय दिपा सिलवाल, इलाम नगरपालिकाकाी ४४ वर्षीय कमला रिजाल, इलाम एकतप्पा ६ का केदार लिम्वु र इलाम नगरपालिका २ की सरु वाँस्कोटा रहेका छन् । सवारी चालक सुनपाका विकेश दर्जीलाई इलाका प्रहरी कार्यालय तीनघरेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालयका श्याम थापाले जानकारी दिए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment