कविता
प्रशान्त उप्रेती
गर्भको आवाज
आमा तिम्रो गर्भमा
जब मैले पहिलो सास फेरे नि
म यति खुसी भए कि
म त उफ्रि उफ्रि नाच्न थालेछु
विश्व जित्ने सपना साँच्न थालेछु
सायद त्यो मेरो जिन्दगी को
पहिलो सास
पहिलो खुसी
पहिलो डान्स
पहिलो पटक म आफू भयको महसुस ।
जिन्दगीका भाग्य रेखाहरु
कोराउनको निम्ति म
दरो दरो मुठी पारेर
संसार जित्ने लक्ष्य बनाउदै छु ।
र मलाइ विश्वास छ कि
जब म त्यो संसारमा आउनेछु
एउटा छुट्टै तारा भएर उदाउने छु ।
तारा भएको कल्पना गर्दै
जब म खुसीले
उफ्रि उफ्रि नाचिरहेको थिए,
तिमीले बाबाको हात तानेर
पेटमा राखिदियौ ।
बाबाको पहिलो स्पर्श
अनि उहाँको ओठको मुस्कान महसुस गरी
म झन खुशीले
अनियन्त्रित बन्न पुगेछु ।
आमा म यसरी उफ्रि रहँदा
तिमीलाई दुख्छ कि नाई ?
भनन आमा भनन्
दुख्छ कि नाईं ?
सायद अफ्ठ्यारोपन
अनि दुखाईहरुलाई
खुशीले जितेर होला
तिमी पनि मुस्काइरहन्छौ ।
जब म यहाँबाट बाहिरी
भौतिक संसारमा
आउने तयारी गरिरहेकी हुनेछु
तिमी कुनै अस्पतालको शैयामा
छट्पटी रहेकी हुनेछौ ।
सबै परिवारका सदस्यहरु
मेरो स्वागतको निम्ति
तम्तयार भएर बसेका हुनेछन् ।
मेरी दिदी अनि बाबा झन्
धेरै उत्साही होलान,
अनि तिमी नि ?
तिमी जति आतुर हुनेछौ मलाई देख्न
म पनि उतिनै आतुर रहनेछु ।
तिम्रो र मेरो मिलन हुन
तिमीले ठुलो पिडा सहनुपर्छ आमा ।
जिन्दगीको सबै भन्दा ठूलो दुखाईं !
अनि असहैया पिडा दिएकोमा
तिमीलाई अर्धचेतनामा पुर्याएकोमा
आफुलाई त्यसको दोषी ठानेर
भाव विव्हल भई
जब म चिच्याइ चिच्याइ रोइरहेको हुनेछु ।
मेरो चिच्याहट सुनेर
तिमीले संसार जितेको
महसुस गर्ने छौ ।
तिमी मुर्छाबाट बिउँझिनेछौ
अनि मलाई प्यारका साथ
छातीमा टासेर
भर्खरैको सबै आलो पिडा भुल्छौ ।
जब तिमीले मेरो निधारमा
पहिलो चुम्बन गर्छौ
मलाई तिमिले माफी दिएको सम्झेर
म मुसुस्क मुस्काउने छु तिमीसँगै ।
म आतुर छु आमा
तिमीसँगै खेल्न
तिमीसँगै रमाउन
तिम्रो लोहोरी सुन्दै निदाउन ।
जब म बामे सर्दै गरेको हुनेछु
चार पटि घिस्रिएर
सबै लुगाहरु फोहोर पार्दीहुँ
कता कता भागिदिएर
तिमीलाई सताउदी हँु
तिमी फेरि मलाई
खोजेर ल्याउछौ
म फेरि भागी दिन्छु ।
तिमीलाई मलाई चोट पटकबाट
बचाउनु छ अनि
मलाई आफै उभिएर हिड्नु छ ।
जब तिमीले मलाई
पहिलो अक्षर चिनाउनेछौ
पहिलो अक्षर लेखाउने छौ
हामी कति खुसी हुँदो होलाउ
जब म आफै चिन्न अनि लेख्न सक्छु ।
आमा तिम्रो संस्कार
अनि शिक्षासँगै
म हुर्किने छु ।
संसारका धेरै बेसाहरा
आमाहरुको निम्ति
एउटा लौरो बनेर खडा हुनेछु
ती आमाहरुको आँसु पुछ्ने
प्रयास गर्नेछु ।
म प्रत्येक अन्धकार
बस्ती बस्तीहरुमा उज्यालो
ज्योति पुर्याउने छु !
तिमीले दिएको
सुन्दर जीवन
सुन्दर कामहरुको खातिर
अर्पी दिनेछु ।
हो आमा म छुट्टै
तारा भएर उदाउने छु ।
यी र यस्तै संकल्प अनि
कल्पनागर्दै डुबिरहेको थिए
आज एक्कासी छाँगाबाट खसेको छु
सबै सपनाहरु चकनाचुर भएर
फुटेका छन् ।
मेरो हातका भाग्य रेखाहरु
नबन्दै मेटिएका छन्,
जब तिमीले छोराको आस गर्दै
घर परिवारको सल्लाह बमोजिम
गर्भको लिङ्ग परिक्षण गर्यौ
अनि म छु भन्ने थाहा पाएर
एबोर्सन गर्ने कठोर निर्णयमा
सहमत भयौ ।
आमा
म छोरी भएकै कारणले
जन्मनु अघि नै मर्न बाध्य
बनायो तिम्रो पुरुष प्रधान समाजले ।
यहाँ हजारौ महान कवियत्रीहरु
महान गायिकाहरु
राष्ट्रपति, न्यायाधीश
अनि हजारौ मदर टेरेसाहरु
जन्मनु अघिनै मारिएका छन् ।
तिमी त छोरी हौनी आमा
मेरो कुरा त बुझ्छौ नि
अनि ती तिमीलाई परिक्षण गर्ने
उनी पनि त नारीनै हुन्
किन मौन छिन ?
बोलन् आमा बोलन्
किन ?
आखिर किन सबै पिडाहरु
हामीलेनै भोग्नु परिरहेछ ?
जब महिनावारी हुन्छ
कसैले पेटमा ठूलो आगोको
भुङ्ग्रो हलेर फु–फु गरिरहन्छ
कम्मर भाँचिएर दुई टुक्रा
भएको हुन्छ ।
त्यति बेला धेरै सरसफाइको
आवश्यक परेको बेला
किन गन्हाउने गोठमा राखिन्छ ?
आमा
देउकी पनि हामी
बोक्सी पनि हामी
विधुवा पनि हामी
आखिर पुरुष चै किन केही हुदैनन् आमा ?
उनीहरुलाई चै कस्ले बनाउछ ?
भनन् आमा भनन्
कसरी बन्छ पुरुष ?
हामी यति धेरै घृणित
किन छौ आमा ?
यदि साँच्चै घृणित भए
किन लुटिन्छे नारी बाटो बाटो ?
साँझनपर्दै किन
आफ्नै बाउसँग तर्सिन बाध्य छे ?
हामीले आफ्नो अस्मिताको लागि
कहिले सम्म लडिरहने आमा ?
कति स्वार्थी छन् है पुरुष
सिउदो हाम्रो, सिन्दुर उसको नामको
गला हाम्रो, पोते उसको नामको
नाडी हाम्रो, चुरा उसको नामको
खुट्टा हाम्रो, पाउजु उसको नामको
कोख हाम्रो, रगत हाम्रो, दूध हाम्रो
अनि बच्चा नि ??
किन आमा किन ?
आखिर कहिले सम्म सहिरहने यो सबै सबै ?
हामीले कहिले सम्म
यसरी मरिदिरहनु पर्छ आमा ?
जब सम्म हामीलाई यसरी मारिरहन्छ
याद रहोस हाम्रो आँशुले पिरोलीरहने छ ।
म धेरै दुःखी छु आमा,
तिमीसँगै हास्दै नाच्दै
ठुली हुने रहर चकनाचुर भयो ।
अल बिदा आमा !
प्रशान्त उप्रेती
गर्भको आवाज
आमा तिम्रो गर्भमा
जब मैले पहिलो सास फेरे नि
म यति खुसी भए कि
म त उफ्रि उफ्रि नाच्न थालेछु
विश्व जित्ने सपना साँच्न थालेछु
सायद त्यो मेरो जिन्दगी को
पहिलो सास
पहिलो खुसी
पहिलो डान्स
पहिलो पटक म आफू भयको महसुस ।
जिन्दगीका भाग्य रेखाहरु
कोराउनको निम्ति म
दरो दरो मुठी पारेर
संसार जित्ने लक्ष्य बनाउदै छु ।
र मलाइ विश्वास छ कि
जब म त्यो संसारमा आउनेछु
एउटा छुट्टै तारा भएर उदाउने छु ।
तारा भएको कल्पना गर्दै
जब म खुसीले
उफ्रि उफ्रि नाचिरहेको थिए,
तिमीले बाबाको हात तानेर
पेटमा राखिदियौ ।
बाबाको पहिलो स्पर्श
अनि उहाँको ओठको मुस्कान महसुस गरी
म झन खुशीले
अनियन्त्रित बन्न पुगेछु ।
आमा म यसरी उफ्रि रहँदा
तिमीलाई दुख्छ कि नाई ?
भनन आमा भनन्
दुख्छ कि नाईं ?
सायद अफ्ठ्यारोपन
अनि दुखाईहरुलाई
खुशीले जितेर होला
तिमी पनि मुस्काइरहन्छौ ।
जब म यहाँबाट बाहिरी
भौतिक संसारमा
आउने तयारी गरिरहेकी हुनेछु
तिमी कुनै अस्पतालको शैयामा
छट्पटी रहेकी हुनेछौ ।
सबै परिवारका सदस्यहरु
मेरो स्वागतको निम्ति
तम्तयार भएर बसेका हुनेछन् ।
मेरी दिदी अनि बाबा झन्
धेरै उत्साही होलान,
अनि तिमी नि ?
तिमी जति आतुर हुनेछौ मलाई देख्न
म पनि उतिनै आतुर रहनेछु ।
तिम्रो र मेरो मिलन हुन
तिमीले ठुलो पिडा सहनुपर्छ आमा ।
जिन्दगीको सबै भन्दा ठूलो दुखाईं !
अनि असहैया पिडा दिएकोमा
तिमीलाई अर्धचेतनामा पुर्याएकोमा
आफुलाई त्यसको दोषी ठानेर
भाव विव्हल भई
जब म चिच्याइ चिच्याइ रोइरहेको हुनेछु ।
मेरो चिच्याहट सुनेर
तिमीले संसार जितेको
महसुस गर्ने छौ ।
तिमी मुर्छाबाट बिउँझिनेछौ
अनि मलाई प्यारका साथ
छातीमा टासेर
भर्खरैको सबै आलो पिडा भुल्छौ ।
जब तिमीले मेरो निधारमा
पहिलो चुम्बन गर्छौ
मलाई तिमिले माफी दिएको सम्झेर
म मुसुस्क मुस्काउने छु तिमीसँगै ।
म आतुर छु आमा
तिमीसँगै खेल्न
तिमीसँगै रमाउन
तिम्रो लोहोरी सुन्दै निदाउन ।
जब म बामे सर्दै गरेको हुनेछु
चार पटि घिस्रिएर
सबै लुगाहरु फोहोर पार्दीहुँ
कता कता भागिदिएर
तिमीलाई सताउदी हँु
तिमी फेरि मलाई
खोजेर ल्याउछौ
म फेरि भागी दिन्छु ।
तिमीलाई मलाई चोट पटकबाट
बचाउनु छ अनि
मलाई आफै उभिएर हिड्नु छ ।
जब तिमीले मलाई
पहिलो अक्षर चिनाउनेछौ
पहिलो अक्षर लेखाउने छौ
हामी कति खुसी हुँदो होलाउ
जब म आफै चिन्न अनि लेख्न सक्छु ।
आमा तिम्रो संस्कार
अनि शिक्षासँगै
म हुर्किने छु ।
संसारका धेरै बेसाहरा
आमाहरुको निम्ति
एउटा लौरो बनेर खडा हुनेछु
ती आमाहरुको आँसु पुछ्ने
प्रयास गर्नेछु ।
म प्रत्येक अन्धकार
बस्ती बस्तीहरुमा उज्यालो
ज्योति पुर्याउने छु !
तिमीले दिएको
सुन्दर जीवन
सुन्दर कामहरुको खातिर
अर्पी दिनेछु ।
हो आमा म छुट्टै
तारा भएर उदाउने छु ।
यी र यस्तै संकल्प अनि
कल्पनागर्दै डुबिरहेको थिए
आज एक्कासी छाँगाबाट खसेको छु
सबै सपनाहरु चकनाचुर भएर
फुटेका छन् ।
मेरो हातका भाग्य रेखाहरु
नबन्दै मेटिएका छन्,
जब तिमीले छोराको आस गर्दै
घर परिवारको सल्लाह बमोजिम
गर्भको लिङ्ग परिक्षण गर्यौ
अनि म छु भन्ने थाहा पाएर
एबोर्सन गर्ने कठोर निर्णयमा
सहमत भयौ ।
आमा
म छोरी भएकै कारणले
जन्मनु अघि नै मर्न बाध्य
बनायो तिम्रो पुरुष प्रधान समाजले ।
यहाँ हजारौ महान कवियत्रीहरु
महान गायिकाहरु
राष्ट्रपति, न्यायाधीश
अनि हजारौ मदर टेरेसाहरु
जन्मनु अघिनै मारिएका छन् ।
तिमी त छोरी हौनी आमा
मेरो कुरा त बुझ्छौ नि
अनि ती तिमीलाई परिक्षण गर्ने
उनी पनि त नारीनै हुन्
किन मौन छिन ?
बोलन् आमा बोलन्
किन ?
आखिर किन सबै पिडाहरु
हामीलेनै भोग्नु परिरहेछ ?
जब महिनावारी हुन्छ
कसैले पेटमा ठूलो आगोको
भुङ्ग्रो हलेर फु–फु गरिरहन्छ
कम्मर भाँचिएर दुई टुक्रा
भएको हुन्छ ।
त्यति बेला धेरै सरसफाइको
आवश्यक परेको बेला
किन गन्हाउने गोठमा राखिन्छ ?
आमा
देउकी पनि हामी
बोक्सी पनि हामी
विधुवा पनि हामी
आखिर पुरुष चै किन केही हुदैनन् आमा ?
उनीहरुलाई चै कस्ले बनाउछ ?
भनन् आमा भनन्
कसरी बन्छ पुरुष ?
हामी यति धेरै घृणित
किन छौ आमा ?
यदि साँच्चै घृणित भए
किन लुटिन्छे नारी बाटो बाटो ?
साँझनपर्दै किन
आफ्नै बाउसँग तर्सिन बाध्य छे ?
हामीले आफ्नो अस्मिताको लागि
कहिले सम्म लडिरहने आमा ?
कति स्वार्थी छन् है पुरुष
सिउदो हाम्रो, सिन्दुर उसको नामको
गला हाम्रो, पोते उसको नामको
नाडी हाम्रो, चुरा उसको नामको
खुट्टा हाम्रो, पाउजु उसको नामको
कोख हाम्रो, रगत हाम्रो, दूध हाम्रो
अनि बच्चा नि ??
किन आमा किन ?
आखिर कहिले सम्म सहिरहने यो सबै सबै ?
हामीले कहिले सम्म
यसरी मरिदिरहनु पर्छ आमा ?
जब सम्म हामीलाई यसरी मारिरहन्छ
याद रहोस हाम्रो आँशुले पिरोलीरहने छ ।
म धेरै दुःखी छु आमा,
तिमीसँगै हास्दै नाच्दै
ठुली हुने रहर चकनाचुर भयो ।
अल बिदा आमा !
0 comments:
Post a Comment