जिल्ला प्रहरी कार्यालय इलाममा गोली चल्यो

इलाम, ११ फागुुन: जिल्ला प्रहरी कार्यालय इलाममा बुुधबार बिहान गोली चल्दा एक जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत सिराहा घर भएका ओमप्रकाश ठाकुुर घाइते भएका हुुन् । उनको बायाँ कुममा गोली लागेको जनाइएको छ । ठाकुुरको विर्तामोड स्थित बिएनसी मेडिकल कलेज झापामा उपचार भइरहेको बताइएको छ । हतियार चेक गर्ने क्रममा गोली चलेको जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय इलाममा नै कार्यरत जवान मोहन राईले हतियार चलाउँदा ठाकुुर घाइते भएका हुुन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुुख शुुशिलकुमार यादवले घटना सामान्य रहेको बताए । उनले तराइमा बन्द भन्ने हल्ला आएपछि तयारी गर्ने क्रममा हतियार चेक गरिएको र सोही क्रममा सो घटना घटेको बताए । गोली बिहान साढे छ बजे चलेको जनाइएको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment