इलाम १२ फागुुन : नेपाल पत्रकार महासंघ इलामको १० औँ जिल्ला अधिवेशनको क्रममा केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्त र जिल्लाको तत्कालिन नेतृत्वले हुकुमी शैलीमा विधि र विधान मिचेर अधिवेशन गरेको भन्दै इलामका दुुई पेशागत संगठनले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले विधि विधान मिचेर अघि नबड्न भन्दै गत फागुुन ५ गते पत्रकार महासंघ इलाम शाखामा ताला लगाएको थियो । महासंघ मुुल ढोकामा लगाइएको ताला बिना जानकारी खुुलाइएको र पुुरानो नेतृत्वले आफुुहरुलाई जानकारी नभएको भन्नुु लजास्पद प्रतिक्रिया भएको बिहीबार दुुई संगठनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘ताला फुुटाउने हर्कतप्रति हामी आक्रोशित भएका छौँ ।’ थप लेखिएको छ ‘लुुकेर ताला फुुटाउने हर्कत कुुनै सभ्य नागरिकले गर्ने कदम हैन’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रेस युुनियन इलाम शाखाका अध्यक्ष तोयानाथ भट्टराई र संघीय प्रसश फोरम इलामका अध्यक्ष ज्ञानुु केदेमद्धारा हस्ताक्षरित विज्ञप्तीमा बिप्वल भट्टराई नेतृत्वको नेपाल पत्रकार महासंघ इलाम शाखाप्रति पुुर्ण साथ र समर्थन रहने उल्लेख गरिएको छ । साथै यस आन्दोलनलाई कम आँक्ने प्रयाश गरिएमा र यसबाट उत्पन्न हुुने परिस्थतिको जिम्मेवार पत्रकार महासंघ केन्द्रिय कार्यालय हुुने समेत विज्ञप्तिमा उल्लेख छ । साथै दुुई संगठनले बिहीबार पुुन ताला लगाएको छ । आन्दोलन जारी रहेको जानकारी सहितको कालो ब्यानर महासंघ इलाम शाखाको मुल ढोकामा टालेको छ । यसलाई हटाउने र पुुनः ताला फुुटाउने हर्कत नगर्न साथै मुठडभिडको परिस्थिति ननिम्त्याउन समेत सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

0 comments:
Post a Comment