सुजन तिम्सीना
इलाम, १२ फागुनः २०७२ वैशाखमा आएको भुकम्पपछि दलालको प्रलोभनमा परेर भारत जाने महिलाको संख्या बढ्दै गएको छ । गरिबी, बेरोजगार, अशिक्षा र नेपाल भारतको खुल्ला सीमाको फाइदा लिएर दलालले नेपाली महिला प्रलोभनमा पारी सीमा कटाउने गरेका हुन् । ंभारतका सहरमा गएपछि राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर १५ वर्षदेखि २५ वर्षसम्म उमेरका महिलाहरु दलालहरुले सजिलै सीमा कटाउने गरेको माइती नेपाल आवधिक गृह पशुपतिगरका होम ढकालले बताए । पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भएपनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली भारत लाने गरेको पाइएको हो । मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरुलाई भारतका विभिन्न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाउने गरेको माइती नेपालको भनाइ छ ।
सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएकाले दलाललाई नेपाली महिलाहरुलाई फकाएर भारत कटाउन सजिलो भएको हो । काम लगाइदिने बहानामा भारत पु¥याएका महिलाहरु यौन हिंसामा पर्ने गरेका हुन् । माइती नेपाल आवधिक गृह पशुपतिनगरका अनुसार सन् २०१६ मा कामको प्रकृति र स्थानको जानकारी नभइ भारत जान खोज्ने एक सय २० जना महिलालाई सीमा क्षेत्रबाट फर्काइएको छ । नेपालबाट भारत जाने सवारीसाधनमा चेकजाँचका क्रममा पशुपतिनगरको मुख्य नाकाबाट फर्काइएको हो । यो अवधिमा पन्ध्र सय ८४ जना महिलालाई भारत जाँदा अपनाउनुपर्ने उपायाका बारेमा जानकारी गराइएको छ । त्यस अवधिमा ४ सय ३४ जना नेपाली महिलालाई रोकेर घर फर्काइएको थियो ।
पशुपतिनगरको सीमा क्षेत्रबाट भारतको मानेभञ्ज्याङ्ग, सिलिगुडिको, खालपडा, मिरिक, कलकत्ता, दार्जीलिङ सहरबाट १४ जना महिलाहरुको उद्धार गरिएको छ । उद्धार गरिएका महिलाहरु तीन वर्षदेखि १९ वर्षसम्म छन् । उद्धार गरिएका महिलाहरुलाई जोखिमपूर्ण काममा लगाउने, यौन हिंसामा परेको अवस्थामा उद्धार गरिएको माइती नेपाल पशुपतिनगर आवधिक गृहका होम ढकाल बताउँछन् । उद्धार गरिएका कतिपय बालिबालिका र महिलाहरुलाई बुबाआमा आफैले बिक्री गरेको पाइएको छ । सन् २०१६ मा माइती नेपालको पशुपतिनगर आवधिक गृहमा हराएका मानिस खोजबिनका लागि ९५ वटा निवेदन दर्ता भएका छन् । हराएका मध्ये १५ वर्षमूनिका बालिका, किशोरी, महिलासँगै पुरुष रहेका छन् । त्यसमध्ये भारतको सीमा क्षेत्र मिरिक, सिलिगुडि र दार्जीलिङबाट १५ जना फेला परेका थिए ।
घरेलु हिसाका घटनाहरु सन् २०१६ मा माइति नेपालमा २१ वटा दर्ता भएका थिए । तीन निवेदन उपर नेपाल प्रहरी, माइती नेपालको समन्वयनमा पिडित र पिडक दुवैपक्षको छलफल पछि मिलापत्र गरिएको थियो । सन् २०१६ मा पशुपतिगनर नाकाबाट भारत जाने १७ हजार एक सय सवारीसाधन चेकजाँच गरिएको माइती नेपाल आवधिक गृह पशुपतिगनरको तथ्याङ्क छ । पूर्वी पहाडको सानो नाका भएपनि सवारी साधनको चाप बढ्दै जानु, वैदेशिक रोजगारिको प्रलोभन, नेपाली महिलाहरुमा रोजगारीको प्रलोभनले नेपाली महिलाहरु भारतीय सहरमा जाने गरेको छन् । पर्याप्त जानकारी नलिएकन भारतीय सहरमा जाने अधिकास महिलाहरु श्रम शोषण, यौन हिंसा पर्ने र हराउने गरेका छन् । आर्थिक अभावले घरेलु हिंसा बढ्ने त्यही बेला दलालको प्रलोभनमा परेर दिनहु किशोरीहरु सीमा क्षेत्रका चोरबाटो भएर भारत जाने गरेका छन् ।
मानव बेचविखनलाई न्युनिकरण गर्नका लागि माइती नेपालले सिमापारी सुकिया, मानेभञ्ज्याड र मिरिकमा अन्तरदेशीय समन्वय समिति बनाएर नियन्त्रणको प्रयास गर्दै आएका छ । सीमा क्षेत्रका गाविसमा माइती नेपाल मार्फतका महिला संजाल गठन गरेर नियन्त्रणका प्रयास गरिएपनि सुरक्षाकर्मीको उपस्थिति कम भएको होम ढाकाल बताउँछन् । माइती नेपाल र सुरक्षाकर्मीको उपस्थिति पशुपतिनगर नाकामा मात्रै रहने गरेकाले सीमा क्षेत्रका अन्य बाटोहरुबाट नेपाली किशोरी, महिला दलाललाई भारत कटाउन सहज भएको छ । नेपाल भारतका दूवै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान श्रीमति हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेकाले पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको माइती नेपालको भनाइ छ । पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलाले फकाउने र इलाम आएपछि दार्जीलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेको माइती नेपाल आवधिक गृहका होम ढकाल बताउँछन् । सीमा कटाइएका धेरैजसो महिलाहरु गरिबिको रेखामुनिका छन् । सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ र जौबारीमा मात्रै प्रहरीको उपस्थिति रहेकाले मानव बेचबिखन नियन्त्रणमा समस्या रहेको प्रहरीको भनाइ छ । मानव बेचविखन नियन्त्रणका लागी माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका १० सीमावर्ती गाविसका विद्यालय, व्यापारीक केन्द्रका व्यपारी, यातायात व्यवसायीलाई सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइएको छ । त्यस बाहेक सीमा कटाइएका महिलाहरुलाई उद्धारका लागी सजिलो होस भनेर क्रस बोडर बैठकहरु गरिने र समन्वय समिति बनाइएका छन् ।
झापाको बाहुनडाँगीदेखि इलामको माइमझुवासम्मका चोरबाटाहरु धेरै रहेकाले ती क्षेत्रको चोरी तस्करी नियन्त्रणका लागि सुरक्षा संयन्त्र बढाउनुपर्ने देखिन्छ ।

0 comments:
Post a Comment