इलाम, १२ फागुनः मोटरसाईकल ब्राण्ड बजाजले पल्सर १६० एनएसको नयाँ मोडल बजारमा ल्याएको छ । सागर एण्ड ट्रेड लिंक धोबीधारा, इलामले बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपालमा सर्वाधिक रुचाइएको मोटरसाईकल पल्सरको १६० एनएसको नयाँ मोडलको सार्वजनिक गरेका थिए ।
ट्रेड लिंकका प्रमुख जनकराज खड्काका अनुसार नयाँ प्रविधि र आकर्षक डिजाईन रहेको पल्सरको १६० एनएस मोटरसाईकल ग्राहकको पहिलो रोजाई हुने बताए । यो मोटरसाईकलमा उत्कृष्ट पावर र माईलेज रहेको हुनाले अन्य मोटरसाईकल भन्दा यसको माग बढी हुने समेत खड्काले दाबी गरे । पल्सरको १६० एनएस मोटरसाईकलमा हाईड्रोलिक ब्रेक, डिजिटर मिटर, ट्युबलेस टायरका साथै उत्कृष्ट माईलेज समेत रहेको यसको बजार मुल्य दुई लाख ५९ हजार नौ सय रुपैयाँ रहेको प्रमुख खड्का जानकारी दिए ।

0 comments:
Post a Comment