नमीन ढकाल
इलाम, १४ फागुनः फागुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगन भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु निर्वाचन स्थगन भएको हो । क्याम्पस प्रसासनले दिउँसो एक सुचना टाँस गरि निर्वाचन स्थगन भएको जानकारी गराएको हो । निर्वाचनका लागि असहज परिस्थिति निर्माण भएको भन्दै सुचनामा भनिएको छ, ‘यस महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मिति २०७३÷११÷१८ गते सम्पन्न हुने स्ववियु निर्वाचन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न क्याम्पसमा असहज वातावरण सृजना भएकोले उक्त निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।’
निमिक्त क्याम्पस प्रमुख धनबहादुर न्यौपानेद्वारा हस्ताक्षरित सुचनामा अन्य विवरण उल्लेख छैन । यसैविच शुक्रबार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी केन्द्र)ले क्याम्पसमा तोडफोड र आगजनी गरेको भन्दै विरोध गरिएको छ । नेवि संघ, संघीय विद्यार्थी फोरम, संघीय विद्यार्थी युनियन, विप्लव निकट अखिल क्रान्तिकारीले संयुत्तः रुपमा शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै घटनाको विरोध गरेको हो । धनकुमार राई (बविन बोखिम), राकुमार लिम्बु, भीम योङहाङ्ग र प्रविण याख्खाले विज्ञप्तिमा हस्ताक्षर गर्दै यस्तो क्रम नरोकिए संघर्ष गर्ने चेतावनी दिएका छन् ।
नयाँ शक्ति विद्यार्थी युनियनले पनि शनिबार नै एक विज्ञप्ति जारी गरि क्याम्पसमा भएको तोफोडको भत्सर्ना गरेको छ । सौरभ भुजेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा क्याम्पसमा शान्तिपूर्ण शैक्षिक वातावरण तयार गर्न प्रशासनसँग माग गरिएको छ । यसैविच नेपाल पत्रकार महासंघ इलाम शाखाले एक विज्ञप्ति जारि गरि शुक्रबार भएको पत्रकार दुव्र्यबहारको भत्र्सना गरेको छ । समाचार सङ्कलनको क्रममा शुक्रबार क्याम्पस पुगेकी पत्रकार बन्दना राईको क्यामेरा खोसि आन्दोलित विद्यार्थीहरुले तस्विर तथा भिडियो डिलिट गरि दुव्र्यबहार गरेका थिए । कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि क्रियाशील पत्रकारमाथि दुव्र्यबहार हुनु दुखद छ ।’
0 comments:
Post a Comment