
इलामः इलाको पूर्वी गाउँपालिका रोङमा एक साता देखि विजुली अवरुद्ध हुँदा सेवा ग्राहीहरु मार्कामा परेका छन् । रोङमा अहिले टेलीभिजन हेर्न रेडियो सुन्न समस्या परेको छ भने मोवाइलहरु पनि अफ हुन थालेका छन् । विद्युत फ्युज सेवा फिक्कलमा सम्पर्क गार्द फोन नउठ्ने गरेको छ । त्यस क्षेत्रमा रहेका पत्रकारहरुलाई समाचार संकलन गर्न पनि समस्या परेको रोङमा रहेका हाम्र सहकमी गोविन्द पौडेलले जानकारी गराए ।
इलामको रोङमा मात्र हैन अहिले नेपाल विद्युत प्रधिकरणको विद्युत लाईन जिल्ला भरिनै अवरोध हुन थालेको छ सदरमुकाममा पनि दिनमा २० पटक भन्दा धेरै लाईन आउने जाने भई रहेकोछ यस विषयका प्रधिकारण भने हेवा खोलाको विद्युत जोडेपछि लोड नथामेर ट्रिप हुने गरेको बताउछन् विद्युत प्रधिकारण इलामका इन्जिनियर उमेश दाहाल । फिक्कल, लक्ष्मीपुर, कन्याम, रोङमा भने लक्ष्मीपूर फेडरको ११ सय केविएको ब्रेकरमा समस्य आए पछि विद्युत लाईन अन्यामित भएको हो । समस्या समाधानको लागि आजै टोली आईसकेको र भोली सम्ममा समस्या सामाधान हुने दाहालले जानकरी दिए ।