एका विहानै गोदाबारी चोकमा विजुलीको तार चुडिँयो

प्रकाश नेपाल

इलामः इलाम नगरपालिका वडा नम्बर ९ गोदबारी चोकमा विद्युुत प्रवाह भईरहेको मुख्य लाइनको तार शनिबार विहान चुडिँएको छ ।

स्थानीय सोमबहादुर गुरागाईको घर नजिकै चुडिँएको तारको एक पट्टिको भाग मेची राजमार्ग र अर्का पट्टिको आगनमा झरेको स्थानीय दिपेश अधिकारीले जानकारी दिए । गुरागाईको आगनमा कोही नभएको कारण मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

विगत ६ महिनादेखि बिग्रेको सडकबत्तीको सम्न्धित पक्षले समयमै मर्मत नगर्दा यस्तो समस्या आएको अधिकारी बताउँछन् । मर्मतका लागि कहिलेकाही कर्मचारी आउने गरेतापनि विभिन्न वाहनामा मर्मत नगरी फर्कने गरेको उनको गुनासो छ । नेपाल विधुत प्राधिकरण ईलाम मर्मत शाखाले समेत वास्ता नगर्दा नगरबासीहरु जोखिमपूर्ण जीवन जीउन बाध्य छन् ।

नगरपालिकाले सडक बत्तीको कर सबै नागरिकबाट असुल्ने गरेको छ । तर प्राधिकरणले भने एकपटक जडान गरेर गएपछि बिग्रदा समेत नआउने गरेको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता