कविता

मंगेश बस्नेत
जति बाध्न खोज्छु यो मन
उति फुत्की भागी दिन्छ,जति कैद गर्न खोज्छु यो मन
उति झन टाढिदिन्छ ।
बेकाबु भै उडिदिन्छ
टाढा हो... टाढा कता कता,
समाल्न खोजे पनि
दूर जान्छ जता जता,
जति रोक्न खोज्छु यो मन
उति चिप्ली गैदिन्छ,
जति कैद गर्न खोज्छु यो मन
उति झन टाढी दिन्छ ।
छाल झै उर्लिदिन्छ
किनारा चुम्दै कति कति,
शान्त सागर बनी दिन्छ
मौनतामा रम्दै जति जति,
जति गाज्न खोज्छु यो मन
उति खुस्की गैदिन्छ,
जति कैद गर्न खोज्छु यो मन
उति झन टाढिदिन्छ ।।।