कविता
दिलिप श्रेष्ठ
यात्रा थिएन रहेछ चित्लाङको वीरगञ्जबाट
हुंईकियौ
न देखेको ठाउँ न चिनेको गाउँ
काठमाडौं पढ्दा मुला र आलु चैं खाकै हो
भिमफेंदी, देउराली हुंदै
प्रकृतिसँगै आत्मियता साट्दै
हरियाली वन जंगल पहाडसँग
मीत लाउंदै लाउँदै, आखाँ जुधाउंदै
पुगियो कुलेखानी बाककध
गज्जबको बाककध न खोला न खोल्छी
पानीको अपार भण्डार विद्युत उत्पादन विशाल
बाककध पार गर्न ठुलै शक्ति प्रयोग भयो
फोडी दिएँ मैले पनि सोर्सको फब्बार
आयो फोन कर्सापको रोकावट साफ
छिरियो बाककधको डँडाल्नु टेकी
मार्फु तिर गन्तव्य चैं चित्लाङ
कच्ची बाटो सवारी साधन कार
मुस्किलसँग जुझ्दै, शुटिङ स्थल हुंदै
पानी झरी खेप्दै राती पुगियो असली चित्लाङ
अन्धकार निस्पट चित्लाङ
सिम सिम पानी अनकण्टार खाल्डो झैं लाग्यो
न बत्ती न स्वच्छ बाटो हिलाम्मे गाउँ हो की जस्तो
फेला प¥यो एक होमस्टे “बस्नेत जी“को
सत्कार राम्रै मिठै ! ! जाडो अति
सिरक साथी भित्री कोट आहा ! !
सोड्काईयो राती, भुजा च्यापेर निदाईएछ
बिहान सबेरै बरण्डामा आई हाई गर्दा त वाह !!
चित्लाङ आहा !! वर्णन गरि साध्य थिएन
स्वर्ग !
हे राजधानेश्वरहरु के हेरी बस्या खाल्डोमा
देख्दैनौ किन उपल्लो पट्टीको स्वर्ग चित्लाङ
वरिपरि वन जंगल, वस्तुभाउ चरेको
समथल भूमि थोरै भिरालो
न पैह्रोको डर, न बाढीको
उब्जाउ भूमि, विविध जात जाति
बाख्राको चीज वाह !!
चन्द्रागिरी पश्चिम अति नै रमणिय स्थान
विकासको गति लिन नसकेको अभागी चित्लाङ
छ्या !! नेताहरुको आँखा नपुगेर होला
खाल्डोमा बस्ने नेताहरुको जमिन नभएर होला
अपहेलित चित्लाङ
तर चित्लाङ अद्धितिय स्वर्ग लाग्यो
हो बत्ती मुनिको अँधेरो
तर प्रकृति र सौन्दर्यले भरिएको
तपाईंको र मेरो चित्लाङ्ग
चित्लाङ फेरि आउने वाचा गर्दै
अहिलेलाई बिदा अनि सलाम सलाम सलाम ।
इलाम नगरपालिका–७, अस्पताल लाईन
