इलामको प्रथम जिल्ला सभामा संसदीय अभ्यासको प्रयास

इलाम, साउन : इलामको प्रथम जिल्ला सभाले संसदिय पद्धतीको अभ्यास गरेको छ । जिल्ला समन्वय समितीको समिक्षालयमा जिल्ला सभाका सदस्य रहने १० वटै स्थानिय तहका प्रमुख एवम उपप्रमुखहरुको उपस्थिती रहेको बैठकमा संसदमा हुने गतिविधीहरु प्रत्यक्ष अनुभुत हुन गरी अभ्यास गरियो । जिल्ला समन्वय समितीको निर्वाचन नभएको अवस्थामा जिल्ला सभाको जेष्ठ नागरिकले सभाध्यक्ष गर्नुपर्ने प्रावधान अनुसार इलाम नगरपालिकाको उपप्रमुख शुशिला नेम्वाङले सभा संचालन गरिन । राष्ट्रिय गानबाट सर्वप्रथम सभाको उदघाटन गरियो । चुलाचुली गाँउपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले सहिदहरु प्रतिको सम्मानका लागी राखेको प्रस्तावलाई सुर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराईको सर्मथनपछि १ मिनेट मौनधारण गरियो । 
निर्वाचन सफल पार्न सहयोगीको भुमिका निवार्ह गर्ने सवै निकायलाई धन्यावद ज्ञापनको माइ नगरपालिका प्रमुख दिपक थेवेले राखेको प्रस्तावलाई रोङ गाँउपालिका अध्यक्ष शमशेर राईले सर्मथन गरे । जिल्ला समन्वय समितीको पदाधिकारीको संख्याको सम्वन्धमा इलाम नगरपालिका प्रमुख महेश बस्नेतको ९ सदस्यीय प्रस्तावलाई सन्दकपुर गाँउपालिका उपाध्यक्ष शोभा पराजुलीले गरेको सर्मथन सभाले सर्वसम्मत पारित ग¥यो । प्रथम सभाको सवै निर्णयहरुहरु प्रमाणितका लागी देउमाइ नगरपालिका प्रमुख सुर्य पोख्रेलको प्रस्तावलाई माइजोगमाइ गाँउपालिका उपाध्यक्ष सावित्रा भट्टराईले सर्मथन गरिन । 
नेपालको संविधान २०७२ को भाग १७ स्थानिय कार्यपालिकाको धारा २२० को उपधारा (२) मा जिल्ला सभामा जिल्ला भित्रका गाँउ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ । गाँउ तथा नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितीले ३० दिन भित्र पहिलो बैठक बस्ने व्यवस्था अनुरुप इलामको पहिलो जिल्ला सभाको बैठक बसेको हो ।
धारा २२० को (३) मा जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितीको निर्वाचन गर्ने उल्लेख भए अनुसार इलामको जिल्ला समन्वय समिती ९ सदस्यीय बन्ने भएको छ । 
जिल्ला समन्वय समितीको लागी सम्वन्धित गाँउ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितीको जुनसुकै पदका लागी योग्य हुने संविधानमा व्यवस्था छ । निर्वाचित पदाधिकारीहरुले ५ बर्षसम्म जिल्ला सभा वा जिल्ला समन्वय समिती संचालन गर्नुपर्ने भएकाले नियम संगत इलामको सभा संचालन गर्न पहिलो बैठकमा नै संसदिय पद्धतीको अभ्यास गराइएको स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले बताए । 
सभा पर्यवेक्षकको रुपमा उपस्थित वुद्धिजिवी, संचारकर्मी लगायतले नजिकैबाट संसदमा हुने गतिविधीको अनुभुत गर्न पाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता