तिलविक्रम थेवे

दोहा कतार ः नेपाली महिला समाज कतारले आगामी २५ अगष्टमा कतार दोहास्थित गल्फ प्याराडाइजको सभाहलमा भव्य तीज कार्यक्रम गर्ने भएको छ ।
नेपाली महिला समाज कतारको संयोजकत्वमा सवै संघसस्थाहरुसंग संयुक्तरुपमा आयोजना गर्न लागिएको रमाइलो तीज कार्यक्रममा कतारस्थित विभिन्न सामाजिक संघसस्था र संगठनहरुहरु तीज कार्यक्रमको सहयोगीको रुपमा रहने र व्यवसायी, साहित्यकार, कलाकार पत्रकार, सामाजिक कार्यकर्ता, दाजुभाई दिदीबहिनी तथा नेपाली समुदायका विभिन्न तह र तप्काको समन्वय र सहयोग सहकार्य आआफनो क्षेत्रबाट रहने भएको छ ।
नेपालबाट लोकप्रिय कलाकारहरु गायिका एवं कार्यक्रम संचालिका सन्ध्या बुढा (काउली बुढी), गायिका अमृता लिम्बु, लोक दोहोरी गायिका चन्दा अर्याल, वेली डान्सर प्रमिला श्री खनालको आफना सांगीतिक प्रस्तुतीसंगै कतारमा कार्यरत् अन्य कलाकारहरुको पनि यस तीज कार्यक्रममा धमाकेदार प्रस्तुती रहनेछ ।
यस कार्यक्रमबाट संकलित रकम पिछडिएका चेपाङ बालबालिकाहरुको शिक्षा र समुन्नत विकासको लागि सहयोग गर्ने जानकारी दिदै सोही उद्देश्यको लागि यसवर्षको रमाइलो तीज कार्यक्रम नेपाली महिला समाजले संयोजकत्वमात्र गरेको तर सवै संघसस्थाको संयुक्त प्रैयास, समन्वय।, सहयोग र सहकार्यमा आयोजना हुन लागेको छ र आर्थिक संकलनमा टेवा पुगोस भनेर तीज कार्यक्रमको लागि प्रवेश टिकट बनाइ विक्री वितरणको लागि सवै संघसस्थाहरुसंग हातेमालो गरीरहेको रमाइलो तीज कार्यक्रममको संयोजकत्व गरिरहेको नेपाली महिला समाज कतारको अध्यक्ष सुष्मिता भुषाल र कार्यक्रम संयोजक प्रथमउपाध्यक्ष आमिना खाँनले जानकारी दिए । ।
विहान १० बजेदेखि शुरु हुने रमाइलो तीज कार्यक्रममा कतारमा रहेका सवै संघसस्था, संगठन, व्यवसायी, सामाजिक कार्यकर्ता, व्यक्ति व्यक्तित्व, साहित्यकार, कलाकार पत्रकार, दिदीबहिनीहरु, सवै तह र तप्कालाई हार्दिक निमन्त्रणा पठाइसकिएको जानकारी दिदै नेमस कतारका अध्यक्ष भुषाल र कार्यक्रम संयोजक प्रथमउपाध्यक्ष खाँनले कतारमा रहेका दिदीबहिनीहरु लगायत सवै संघसस्थाहरु सक्रिय रुपमा कार्यक्रममा सहभागी हुने आशा राख्दै कार्यक्रम भव्य सफल हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।