लिम्बु विद्यार्थी मञ्चद्वारा क्याम्पस सरसफाई

इलाम, १३ साउन : लिम्बू विद्यार्थी मञ्चले शुक्रबार सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस परिसरमा सरससफाई गरेको छ । क्याम्पस परिसर वरपर, शौचालय र क्याम्पस हातामा रहेको फोहोर मञ्चले व्यवस्थापन गरेको छ । 
मञ्च क्याम्पस इकाइ समितिको आयोजनामा भएको सरसफाई कार्यक्रममा अन्य जातिय विद्यार्थी संगठनको पनि सहभागतिा रहेको थियो । मञ्चका क्याम्पस अध्यक्ष जीवन लिम्बूको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा मञ्चका जिल्ला संयोजक शिव लिम्बू, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष मानबहादुर गुरुङ्ग, नेपाल तामाङ विद्यार्थी संघका अध्यक्ष महेन्द्र तामाङ, किरात विद्यार्थी संघका कोषाध्यक्ष शोभाना राई, सहायक क्याम्पस प्रमुख पूर्णप्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो भने सरसफाई कार्यक्रमा ६० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता