
ताप्लेजुङ, साउन: ताप्लेजुङमा भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका– ५ बस्ने २८ वर्षीय सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने २२ वर्षीय छिरिङ शेर्पा २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले उनीहरुलाई समातेको हो । प्रहरीले पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको जनाएको छ ।