इलामेलीको तीजमा संगीतकार तथा गायक टिका भण्डारी र गायिका झुमा निरौला कतार आउने

तिलविक्रम थेवे
दोहा कतारः इलाम सेवा समाज कतारले आगामी ११ अगष्टमा कतार विनअम्रानस्थित गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा भव्य तीज कार्यक्रम गर्ने भएको छ ।
यस तीज कार्यक्रममा नेपालबाट रेडियो नेपालको उपनिर्देशक, वरिष्ठ संगीतकार तथा गायक टिका भण्डारी र लोकप्रिय गायिका झुमा निरौलाले तीज कार्यक्रममा सांगीतिक वेजोड सांगीतिक प्रस्तुती पस्कनेछन् ।
कतारमा कार्यरत् इलामेली तथा अन्य कलाकारहरु डान्सर लिला आचार्य, संगीतकार जोयल परियार, यायक दिनेश राई, लोक दोहोरी गायक गायिका रेशम बस्नेत र सुनिता परियारको वेजोड र धमाकेदार प्रस्तुती रहनेछ । 
“धनले होइन मनले मनाऔ” तीज भन्ने चेतनामुलक लघुनाटकको प्रस्तुती लिएर रंगकर्मी ज्ञानेन्द्र राईले भरपुर मनोरन्जन दिनेछन् ।
तीज कार्यक्रमबाट संकलित रकम समाजले अनाथ तथा अपाङ व्यक्तिहरुलाई सहयोग स्वरुप हस्तान्तरण गर्नेछ । यस कार्यक्रम सफल पार्न नेपाली समुदायको विचमा सहयोग टिकट (करी ५०÷–) पठाइ सकिएको र नेपाली संघसस्था, व्यवसायी, सामाजिक कार्यकर्ता, व्यक्ति व्यक्तित्व सवैले आआफनो क्षेत्रबाट विक्री वितरण गर्दै इलाम सेवा समाज कतारलाई सवै तह र तप्काले समन्वय, सहयोग र सहकार्य गरिरहेको कार्यक्रम आयोजक इलाम सेवा समाज कतारका अध्यक्ष धन ब. विक र उपाध्यक्ष रेनुका कार्कीले जानकारी दिए । 
विहान १० बजेदेखि शुरु हुने तीज कार्यक्रममा कलाकारहरुद्धारा पस्किइने तीज गीतहरु, नृत्यहरु, सहभागीहरुको समेत नृत्य लगायत विभिन्न स्वादको प्रस्तुतीहरु रहने हुनाले यो विशेष किसिमको र भरपुर मनोरन्जन दिने कार्यक्रम हुने जानकारी दिदै अध्यक्ष विक र उपाध्यक्ष कार्कीले कतारमा रहेका सवै संघसस्था, संगठन, व्यवसायी, सामाजिक कार्यकर्ता, व्यक्ति व्यक्तित्व, साहित्यकार, कलाकार पत्रकार, दिदीबहिनीहरु, सवै तह र तप्कालाई हार्दिक निमन्त्रणा पठाइसकिएको र उहाहरु सवैजना आइदिनु हुने अपेक्षा समेत गरेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता