भदौ २८ गतेबाट दसैंको नयाँ नोट

इलाम, :  नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट भदौ २८ गतेबाट वितरण गर्ने भएको छ । यसपटक राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत पनि सटही सुविधा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ ।
यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गथ्र्यो । यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको छ। निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले साटेजस्तै माग्न आउने जतिलाई वितरण गर्ने ब्यवस्था मिलाएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता