क्यान झापा शाखाको साधारण सभा सम्पन्न


  • मनिषा चम्लागाईँ 

बिर्तामोडः कम्प्युटर एशोसिएशन महासघं (क्यान) झापाको तेस्रो वार्षिक साधारण सभालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै झापा शाखाका संस्थापक अध्यक्ष तथा क्यान महासंघ नेपालका केन्द्रिय सदस्य दिपेश पाठकले सूचना तथा प्रविधिको विकासमा सरकार लाचार भएको बताए । प्रविधिको विकासमा नेपाल सरकारको भिजन नभएको उनले बताए । उनले भने, हाम्रा नेताहरु स्माट सिटी बनाउछैँ भन्दै भाषाग गर्नु हुन्छ तर स्मार्ट सिटी बन्नका लागि आइटीको ब्यवस्थापन दिगो रुपमा हुनु पर्छ भन्ने कुराको ज्ञान छैन । पाठकले क्यान महासंघको २३ औं केन्द्रिय साधारण सभामा सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा चेतनामुलक र व्यवसायिक रुपमा उल्लेखनीय काम गरे वापत  झापा शाखा २०७२/७३ को उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मानित भएकोमा कार्यसमितिलाई बधाई दिए । 
क्यान महासंघ नेपालका केन्दि«य सदस्य दिपेश पाठकको प्रमुख आतिथ्य रहेको कार्यक्रमको  अध्यक्षता क्यान झापा शाखाका अध्यक्ष भुपेन्द« मैनालीले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाई, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, साझा मञ्च डट कमका सम्पादक गोपाल काफ्ले, आगन एफ एमका सरोज पौडेल लगायतले मन्तव्य राख्दै , देशलाई सम्बृद्धि बनाउने जिम्मा युवा पुस्ताको काधमा आएकाले आइटीलाई सहि प्रयोग गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिए । 
क्यान झापा शाखाका सचिव लक्ष्मीकान्त खनालले झापा शाखाले गरेका वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए  भने क्यानका सदस्य रोशन वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।
यसै सभा मार्फत क्यान झापा शाखाले  ११ सदस्य नयाँ नेतृत्व चयन गरेको छ, जसको अध्यक्षमा लक्ष्मीकान्त खनाल, उपाध्यक्षमा शुभ कुमाई पाठक, सचिवमा रोशन दाहाल, सह सचिवमा सुरज धिमाल, र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन्  भने सदस्यहरुमा कृष्ण प्रसाद घिमीरे, टंक प्रसाद घिमीरे, लोकनाथ खनाल, रोशन वुढाथोकी, विनोद प्रधान, चिट्राङगेट तिम्सिना रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता