झापामा बाढीले कहाँ कति बने विस्थापित, काहाँ काहाँ पुग्यो रेडक्रस

  • मनिषा चम्लागाईँ 

विर्तामोडः केहि समयअघिको अविरल वर्षा पछि तराईमा आएको बाढीले झापा जिल्लामा ठुलो क्षति पुर्याएको छ । जिल्ला रेडक्रस सोसाइटी झापाका  अनुसार ६ हजार एक सय ६ घर परिवार विस्थापित बनेका छन् । बाढीले १३ जनाको ज्यान लियो भने २ जना विस्थापित भएका छन् । झापाका प्रत्येक निकायमा भ्एको क्षति बारे विवरणः 
निकायका आधारमा विवरण 
बाह्रदर्शी गाँउपालिका 
बाह्रदर्शी गाँउपालिकामा  २ सय १९ घर पुर्ण रुपमा विस्थापित भएका छन् । त्यस्तै ४ सय ६ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ ।  बाह्रदशीमा २ जनाले बाढीका कारण ज्यान घुमाउनु परेको छ । त्यस क्षेत्रमा जिल्ला रेडक्रस सोसाइटी झापाले ४ सय पच्चास वटा त्रिपाल, ४ सय झुल वितरण गरेको जनाएको छ । 
भद«पुर नगरपालिका 
भद«पुर नगरपालिकामा ५ घर परिवार पूर्ण रुपमा विस्थापित  बन्न पुगे भने , १ सय ६५ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ ।  यस नगरपालिकामा मानविय क्षति भने भएको छैन ।  जिल्ला रेडक्रस सोसाइटी झापाले १ सय पचतरवटा त्रिपाल वितरण गरेको जनाएको छ । 
मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका ७ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने ५ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ ।  यस क्षेत्रमा रेडक्रस झापाले ९ वटा त्रिपाल र २ वटा कमल वितरण गरेको बताएको छ । 
कमल गाँउपालिका
कमल गाँउपालिकामा ५० घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने  ८५ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ । बाढीले यस क्षेत्रमा  एक जनाको ज्यान लिएको छ । 
कचनकवल गाँउपालिका
कचनकवल गाँउपालिकामा २ सय ३९ परिवारमा पूर्ण रुपमा क्षति पुगेको छ भने झापा जिल्लाकै सबै भन्दा धेरै १४ सय ३३ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ । यस गाँउपालिकामा एक जनाको ज्यान गएको छ । रेडक्रस झापाले ९ सय २३ वटा त्रिपाल र ७ सय २३ वटा कमल, ६ सय २३ वटा झुल वितरण गरेको जनाएको छ ।
गौरादह नगरपालिका 
गौरादह नगरपालिका ९८ परिवारमा पूर्ण रुपमा क्षति पुगेको छ भने, १ सय ४६ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ ।  यस क्षेत्रमा रेडक्रस झापाले ४० वटा त्रिपाल र ४० वटा कमल वितरण गरेको जनाएको छ । 
शिवशताक्षी नगरपालिका 
शिवशताक्षी नगरपालिका  १ सय १४ परिवारमा पूर्ण रुपमा क्षति पुगेको छ  भने, ३ सय ६४ घर परिवारमा आंशिक रुपमा क्षति पुगेको छ । बाढीका कारण २ जनाले ज्यान गुमाउनु परेको छ । यस नगरपालिकामा रेडक्रस झापाले ८२ वडा झुल वितरण गरेको छ । 
झापा गाँउपालिका 
झापा गाँउपालिकामा पूर्ण क्षति हुने परिवार ३ सय ६९ रहेका छन् । यस गाँउपालिकामा झापा जिल्लाको सबै भन्दा धेरै क्षति भएको छ । १ हजार ८८ घर परिवारमा आंशिक क्षति पुगेको छ । यस क्षेत्र बाट ५ जनाले ज्यान गुमाएका छन् भने २ जना वेपता भएका छन् । रेडक्रस झापाले यस क्षेत्रमा १ हजार ६० थान त्रिपाल, १ सय ५५ भाडा सेट र ५ सय पिस झुल वितरण गरेको जनाएको छ । 
गौरीगन्ज गाँउपालिका 
गौरीगन्ज गाँउपालिकामा पूर्ण क्षति हुने परिवारमा २ सय ६८ रहेका छन् भने ८ सय ८४ परिवारमा आंशिक क्षति पुगेको छ । रेडक्रस झापाले यस क्षेत्रमा ३ सय  ६८ थान त्रिपाल, १ सय ९० कमल र ३ सय ४० पिस झुल वितरण गरेको जनाएको छ ।  
कन्काई नगरपालिका 
कन्काई नगरपालिकामा १६ घर परिवारमा पूर्ण क्षति पुगेको छ । ३१ परिवारमा आंशिक क्षति भएको छ । रेडक्रस झापाले यस नगरमा ३९ थान त्रिपाल, ३९ थान कम्मल वितरण गरेको छ । 
हल्दीवारी गाँउपालिका   
हल्दीवारी गाँउपालिकामा २ घरमा आंशिक क्षति पुगेको छ । यस क्षेत्रमा एक जनाले ज्यान गुमाउनु परेको छ । रेडक्रस झापाले यस नगरमा ६ थान त्रिपाल वितरण गरेको छ । 
दमक नगरपालिका
दमक नगरपालिकामा एक परिवारमा पूर्ण क्षति पुगेको छ भने, ४६ घरमा आंशिक क्षति पुगेको छ । एक जनाले बाढीका कारण ज्यान गुमाउनु परेको छ । 
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिकामा ६५ परिवारमा आंशिक क्षति पुगेको छ । रेडक्रस झापाले यस नगरमा ३० थान त्रिपाल र ३५ थान कम्मल वितरण गरेको बताएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता